spot_img

एक्कासी चिसाे बढ्दा तराईमा शीतलहरःजनजिवन प्रभावित,सरकारकाे यस्ताे अपिल

spot_img

तराई–मधेशमा पछिल्लो एक सातादेखिको हुस्सु र कुहिरो लम्बिँदा शीतलहर चल्न थालेको छ । २४ घण्टा नै कुहिरो र हुस्सु रहँदा घाम लाग्न छाडेको छ भने अधिकतम र न्यूनतम तापक्रमको औसत भिन्नता (दूरी) घट्दा दिउँसो पनि रातिजस्तै चिसो महसुस हुन थालेको छ । जसकारण विपन्न, वृद्धवृद्धा र बालबालिका मारमा परेका छन् । पालिकाहरूले विद्यालयमा जाडो बिदा दिन थालेका छन् ।

जल तथा मौसम विज्ञान विभागबाट प्राप्त विवरणअनुसार तराई क्षेत्रमा बुधबार सरदर अधिकतम तापक्रम ६.३ डिग्री सेल्सियससम्म कम मापन भएको छ । त्यस्तै, अधिकतम र न्यूनतम तापक्रमको औसत भिन्नता (दूरी) पनि ३.५ डिग्री सेल्सियससम्म झरेको छ । ‘तराईमा दिउँसो घाम नै लाग्न छाडेको छ । जतिखेर पनि हुस्सु–कुहिरो हुँदा अधिकतम तापक्रम निकै घटेको देखिन्छ । यसको अर्थ घाम लागेको छैन, दिउँसो पनि चिसो छ भन्ने देखाउँछ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले भने, ‘आकाश खुलेर दिउँसो घाम लागेको भए न्यूनतम तापक्रम (बिहान) झर्दै जान्थ्यो अनि अधिकतम (तापक्रम) धेरै हुँदा साँझ–बिहानबाहेक दिउँसो न्यानो नै हुन्थ्यो । तर, दिउँसो पनि घाम नलाग्दा अधिकतम र न्यूनतमको ग्याप कम भएको हो ।’

जल तथा मौसम विज्ञान विभागले शीतलहर घोषणा गरिसकेको छैन । तर, लगातार रूपमा अधिकतम तापक्रम घट्दै जानु, दिउँसो पनि घाम लाग्न छाड्नुका साथै शीत खसिरहेकाले शीतलहरको अवस्था रहेको बुझ्न सकिन्छ ।

मौसमविद् दाहालले तराई क्षेत्रको आकाश शुक्रबारसम्म खुल्ने सम्भावना नरहेको र हुस्सु र कुहिरोको अवस्था नै रहने बताए । तराई–मधेशमा शीतलहरको अवस्था रहे पनि पहाडीसहित अन्य क्षेत्रमा भने दिउँसोपख घाम लाग्दा अधिकतम तापक्रम घटेको छैन । यद्यपि, साँझबिहान भने ती क्षेत्रमा पनि जाडो बढेको छ । चिसाे बढेसँगै चाेक चाेकमा सर्वसाधरण अागाेबालेर बसिरहेकाे देख्न सकिन्छ।

प्रभावितलाई जोगाउन विपत् व्यवस्थापन प्राधिकरणको अपिल

– आवश्यक परेमा स्थानीय तहसँग समन्वय गरी संकटासन्न समुदायका घरपरिवारलाई न्यानो लत्ताकपडा र न्यानो गराउने उपकरण तथा सामग्री वितरण गर्ने

– शीतलहर पूर्वतयारी तथा प्रतिकार्यका लागि सम्बन्धित स्थानीय तह र जिल्ला विपत् व्यवस्थापन समितिसँग समन्वय गरी पूर्वतयारी तथा प्रतिकार्यकेन्द्रित क्रियाकलापमा खर्च गर्ने व्यवस्था मिलाउने ।

– कार्यक्षेत्रअनुसार शीतलहरबाट बच्ने उपायबारे सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने

– जोखिमपूर्ण संकटासन्न समुदायका व्यक्तिलाई आवश्यक परेको खण्डमा न्यानो हुने गरी सार्वजनिक भवन, मठ मन्दिर, घर इत्यादिमा राखे प्रबन्ध गर्ने

– शीतलहरका वेला न्यानो गराउन डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह र स्थानीय तहसँग समन्वय गरी दाउरा उपलब्ध हुने व्यवस्था मिलाउन सहयोग गर्ने

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img