राष्ट्रिय सभाका उम्मेदवारले ३ लाख ५० हजार मात्र खर्च गर्न पाउने
काठमाडौं, निर्वाचन आयोगले राष्ट्रिय सभाका उम्मेदवार खर्च गर्न पाउने सिमा निर्धारण गरेको छ। आयोगको आइतबार बसेको बैठकले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्यका उम्मेदवारले बढीमा ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने सिमा निर्धारण गरेकोआयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगले जारी गरेको विज्ञप्तिमा अन्तक्र्रियामा सबैभन्दा बढी १ लाख रुपैयाँ र कार्यालय सञ्चालन र सवारी साधनमा ७०÷७० हजार खर्च गर्न पाउने छ।आयोगले,प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च गर्न पाउने मापदण्ड तोकेको छ।