spot_img

रास्वपाको समानुपातिक सूचीबारे चर्काे आलाेचनाःरविले चर्चित अनुहार कलाकार,ब्यापारी देखि क्रिकेटर हेर्दा,कुलमान नातावाद हावी

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको छ।दिनभरि ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि एक ठाउँमा ल्याउनका लागि लामो छलफलपछि रास्वपाले सोमबार राति मात्रै समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको हो। रास्वपाले बुझाएको बन्द सूचीमा केही चर्चित अनुहार पनि रहेका छन्।पूर्व मिस नेपाल अनुष्का समानुपातिक सूचीमा परेकी छन्।उनी २०१९ को मिस नेपाल विजेता हुन्। उनी आदिवासी महिला क्लस्टरको चौथो नम्बरमा छिन्।

चर्चित लोक दोहोरी गायक प्रकाश सपुत समानुपातिक सूचीमा छन्। उनी सूचीको ७४ औं नम्बरमा छन्।दलित क्लस्टरबाट उनी दोस्रो नम्बरमा छन्। क्लस्टरको पहिलो नम्बरमा रूपक विश्वकर्मा घिमिरे छन्।त्यस्तै अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्। उनी दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा परेकी छन्। फिल्म निर्माता, टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा छन्।गायिका सत्यकला राई र त्रिसाला गुरूङ पनि सूचीमा छिन्।त्यस्तै क्रिकेटर ज्ञानेन्द्र मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्।

उनीभन्दा अगाडि डा. राम लामा, खुश्वुसरकार श्रेष्ठ मिङ्मा ग्याबु शेर्पा र डा. मनोहर प्रधान छन्।गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा खस आर्य महिलाबाट दोस्रो नम्बरमा छिन्। पहिलो नम्बरमा प्रतिभा रावल समेटिएकी छन्।

जेनजी अभियानी पुरूषोत्तम यादव सूचीमा छन्। राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारी, अधिकारकर्मी, उर्मिला चौधरी, डा. रामजी राम समानुपातिक सूचीमा छन्।

जसमा नेपाल सुपर लिगको टोली एसपी चितवनका अध्यक्ष तथा आइएमई ग्रुपका सचिन ढकाल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि सूचीमा छन्। उनी खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा छन्।

उनी नेपाल उद्योग वाणिज्य महासंघ र आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। उनी खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् ।

कुलमानमाथि पार्टी बैठकमै प्रश्न

बैठकमा सहभागी एक नेताका अनुसार आदिवासी जनजातितर्फ पहिलो नम्बरमा रहेका डा.राम लामाको नाममा केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका हुन् ।केन्द्रीय सदस्य प्रवीण तामाङले समानुपातिकको टिकट कुलमानले बेचेको आरोप लगाएका हुन्।उनलाई उदृत गर्दै बैठकमा सहभागी ती सदस्यले भने, ‘समानुपातिकमा आफन्तलाई उम्मेदवार बनाइएको छ। टिकट बेचेर उम्मेदवार बनेको हुँदा राम लामाको नाम फिर्ता लिनुपर्छ ।’

उज्यालो पार्टीका नेताहरूका अनुसार राम लामा कुलमानको भान्जा पर्छन् । अर्का केन्द्रीय सदस्य शंकर ढकालले कुलमानले मेरिटोक्रेसीको कुरा गरेर नेपोटिजम गरेको आरोप लगाए।राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्द सूचीमा उज्यालो पार्टीतर्फका १८ जना परेका छन्।

कुलमानले आफन्त, सचिवालयमा काम गर्ने, छिमेकी लगायतको नाम समानुपातिकको बन्द सूचीमा राखेका छन् । उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक जारी छ ।सोमबार साँझमात्रै उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने सहमति भएको थियो । सोहीअनुसार रास्वपाकै तर्फबाट उम्मेदवारको सूची बुझाइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img