spot_img

फुटकाे संघारमा कांग्रेसःकेन्द्रीय कार्यसमितिको देउवाकाे कार्याकाल बढाउने लगाएतका निर्णय एउटा,महामन्त्रीहरूकाे मिसन अर्कै

spot_img

नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थपेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जेठ मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि मंसिर १५ को बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो ।

उनले यही पुसमा प्रस्ताव गरेको १५औं महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको त्यो कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताए । उनका अनुसार बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमत सदस्यको समर्थनमा पास गरिएको हो ।

यद्यपि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले बैठकको उक्त निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै तयारीमा बस्न १४ औं महाधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

घर गएर सुत्ने होइन, पुस मसान्तभित्रै विशेष महाधिवेशन हुन्छःगगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा विशेष महाधिवेशनको व्यवस्था किन राखेको रु भन्दै प्रश्न गरेका छन् । शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनको मिति सारेर वैशाख अन्तिम साता गर्ने निर्णय गरेपछि त्यसमा फरक मत राख्दै थापाले पार्टी सभापति देउवालाई लक्षित गर्दै यस्तो प्रश्न गरेका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा थापाले कार्यकर्ताहरुलाई वैशाखमा महाधिवेशन हुन्छ भनेर घर गएर नसुत्न भन्दै पुस मसान्तभित्रै विशेष महाधिवेशन हुने दाबी गरे ।

‘अहिलेसम्म मेरो अपेक्षा भनेको पार्टी सभापतिज्यूले पटकपटक पार्टी फुट्न दिन्नँ, पार्टीलाई अप्ठेरोमा पर्न दिन्न, कम्तीमा मेरो जीवनमा पार्टीलाई अप्ठेरामा पर्न दिन्न भन्नुभएको हुनाले, पहिलो कुरा यो विशेष महाधिवेशन उहाँ शेरबहादुर देउवाले नै डाक्नुहुन्छ, केन्द्रले नै डाक्छ,’ थापाले भने, ‘नहुँदै गर्दा पनि विशेष महाधिवेशनमा जाने मेरो जिम्मेवारी हो भन्ने विश्वास राखेर मैले बोल्छु । त्यो विश्वासभन्दा पर म जान्नँ ।’

विशेष महाधिवेशनले पार्टी विभाजन हुने कुरा पनि उठेका छन् नि भनि सोधिएको प्रश्नमा थापाले ‘त्यसो भए विशेष महाधिवेशनको विषय विधानमा किन लेखेको  विधानमा विशेष महाधिवेशन गर्ने व्यवस्था किन लेखेको ? कांग्रेसका महामन्त्री थापाले नियमित महाधिवेशनको मिति वैशाख २८–३१ मा गर्ने प्रस्ताव बहुमतले पारित भए पनि विशेषको कुरा नटुंगिएको दाबी गरे ।

‘आजको बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नुभएको छ । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नुभयो । हामी ४–५ जनाको फरक मत भयो तर, बहुमतले पारित भयो,’ उनले भने, ‘विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको ३ महिनाभित्र बोलाउन पर्नेछ । पुसको २८–२९ तीन महिनाको अन्तिम म्याद हो ।’

मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन नियमित महाधिवेशन हुने अवस्थामा मात्रै त्यो स्थगित हुने भनिएको तर नियमित नभए उक्त माग सम्बोधन गर्नुपर्ने अवस्था सुरु हुने थापाको भनाइ छ । ‘आजको बैठकमा फरक मत लेख्यौ, घर गयौ सुत्यौ भन्ने होइन । अझै एकरदुई दिन हेर्छौं,’ थापाले भने ‘सभापतिले, कार्यवाहकले भोलि नै बैठक राखेर विधानको धाराअनुसार विशेष बोलाउनुभयो भने उत्तम हुन्छ । हैन थप्यौ । अब सबै घर जाऔं भन्नुभयो भने त्यो हामी मान्दैनौँ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img