झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको विमानबारे अध्ययन गर्न प्राविधिक सहितको टोली त्यसतर्फ जाँदैछन् ।शुक्रबार राति ९एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्ण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौला, बुद्ध एयरको उच्च व्यवस्थापन, नेपाली सेना तथा उद्धारकर्मी र इन्जिनियर प्राविधिक सहितको टोली अहिले चन्द्रगढी उड्दै छन् ।
दुर्घटनाबारे प्राविधिक टोलीले चेकजाँच गर्नेछ । त्यसपछि दुर्घटनाको सम्भावित कारण र जहाजको अवस्था बारे समेत जानकारी हुनेछ । जहाजमा ५१ जना सवार रहेको र सबै सकुशल रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।