काठमाडौं, नेकपा दाहाल–नेपाल पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेको बताइएको छ । खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जानुभएको हो ।खनाल स्वास्थ्य परीक्षण गरेर चार दिनपछि फर्कनुहुने जनाइएको छ खनालले नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गराउनु हुनेछ ।

















