spot_img

सिरहाकाे लहानमा जंगली हात्तीको आतंक, ५ घरमा तोडफोड

spot_img

चुरे क्षेत्रमा पर्ने सिरहाको लहान नगरपालिका १६ आरिदमार गाउँमा शुक्रबार राती चार वटा जंगली हात्तीको समूहले तोडफोड गरेको छ । खाना खाइवरी सुत्ने तर्खर गरिरहेका बेला राती करिब ९ बजेतिर एक्कासी समूहमा आएको जंगली हात्तीले स्थानीय पाँच जनाको घर तोडफोड गरेको छ ।

लहान १६ का वडाध्यक्ष गडुलबहादुुर जर्घा मगरका अनुसार हात्तीको समूहले स्थानीय भुपाल मगर, जालबहादुर थापा, भक्तबहादुर नामजाली, रामबहादुर मगर, गोपाल थापा मगरको घर तोडफोड गरी अन्नपात खानुका साथै करेसाबारीमा लगाएको तरकारी बाली नष्ट गरेको छ ।

‘हात्तीको समूहले सबैभन्दा बढी जालबहादुर, भुपाल र भक्तबहादुरको घरमा क्षति पुर्याएको छ’ उनले भने ‘हात्तीको समूह गाउँ पसेपछि रातभर गाउँलेहरु जाग्राम बसेका छन् ।’ गाउँमा घर तोडफोड, अन्नपात खाएपछि हिंडेको हात्तीको समूह अहिले आरिदमारदेखि उत्तर मझेली बेतहा जंगलमा रहेको उनले बताए । उनका अनुसार बिहान करिब ९ बजेतिर लहानस्थित डिभिजन वनका सशस्त्र वन रक्षकसहित जनपद र सशस्त्र प्रहरी बलका प्रहरीहरु आरिदमार गाउँ पुगेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img