डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ गाउँका ३४ वर्षीय स्थानीय युवा जुन रोकाय भेरी नदिमा बेपत्ता भएका छन्। शुक्रबार राति रोकायलाई चौकी नजिकै प्रहरीले लागूऔषधको ओसारपसारमा संलग्न रहेको आशंकामा चेकजाँच गर्न खाेजेकाे थियाे। प्रहरीले चेकजाँच गर्न नपाउँदै रोकाय आत्तिएर ठूलो भेरी नदीमा हाम फालेपछि बेपत्ता भएको प्रहरी र स्थानीयकाे भनाइ छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रम्रख रुकबहादुर खड्काका अनुसार ‘बेपत्ता युवाले एक ट्रक ड्राइभरलाई ब्राउन सुगर बुझाउँदै छन् भन्ने सूचना थियो । सो सूचनाका आधारमा प्रहरीले चौकी भन्दा टाढा नै चेकजाँच सुरु गरेको थियो । तर, प्रहरीले उनलाई चेकजाँच गर्न नपाउँदै आत्तिएर भेरीमा हाम फालेका थिए।
युवा बेपत्ता भएपछि शनिबार दिनभर देखि प्रहरी र स्थानीयबीच ठुलाे विवाद भएकाे छ। दोहोरो विवादले उग्ररूप लिएपछि ल्हाका स्थानीयले चौकी तोडफोड गरेर प्रहरीलाइ नै लखेटेकाे र केहि प्रहरी पनि घाइते भएका थिए।
प्रहरी र स्थानीयविचकाे विवादका कारण बेपत्ता युवाकाे खाेजीकार्य हुन सकेकाे छैन। स्थानीय सराेकारवाला खाेजी कार्यका लागि समन्वय गरिरहेका छन्। आइतबार विहानै प्रहरीले खाेजीकार्य गर्न सशस्त्रकाे गाेताखाेर हिडिसकेकाेले संयमता अपनाउन सबै पक्षलाइ अपिल गरेकाे छ।
घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ठूलो सङ्ख्यामा परिचालन गरिएको छ । यता स्थानीयले बेपत्ता राेकाया शकुसल ल्याउन माग गर्दै यातायात ठप्प पारेका छन् ।