spot_img

भेनेजुएलामा अमेरिकी हमलासँगै राष्ट्रपति मदुरो लियाे कब्जामाःअमेरीकी साम्राज्यवादकाे विश्वभर निन्दा,कुन देशले के भने ?

spot_img

अमेरिकाले संयुक्त राष्ट्रसंघको सदस्यराष्ट्र ल्याटिन अमेरिकी मुलुक भेनेजुएलाको राजधानी काराकासमा भीषण हमला गरी राष्ट्रपति निकोलस मदुरोे र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको छ । उनीहरूलाई न्युयोर्क लगेर लागुऔषध तस्करीलगायतका मुद्दा लगाउने अमेरिकाको तयारी छ । भेनेजुएलाले हमलाको निन्दा गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा घटनाबारे छलफल गर्न आह्वान गरेको छ भने शक्तिको आडमा एक सार्वभौम राष्ट्रका प्रमुखलाई पक्राउ गरिएको भन्दै विश्वका कैयौँ मुलुकले घटनाको निन्दा गरेका छन् ।

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण गरेको र राष्ट्रपतिदम्पतीलाई नियन्त्रणमा लिएर बाहिर लगिएको सार्वजनिक गरेका थिए । तर, उनीहरूलाई कहाँ, कुन अवस्थामा राखिएको छ भन्नेबारे बताएनन् । स्थानीय समयअनुसार शनिबार बिहान २ बजेदेखि कराकासवरिपरि अमेरिकी सैनिकले भीषण हमला गरेका थिए । भेनेजुएलाका मिरान्डा, आरागुआ र ला ग्वाइरा राज्यहरूमा तथा कतिपय सैन्य बेसमा हमला भएको थियो । पक्राउ पर्नुअघि राष्ट्रपति मदुरोेले देशमा संकटकाल लगाउने आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘अमेरिकी सरकारद्वारा भेनेजुएलाको भूमि र जनताविरुद्ध गरिएको अति गम्भीर सैनिक आक्रमणलाई भेनेजुएला निन्दा, अस्वीकार र अन्तर्राष्ट्रिय समुदायसामु विरोध गर्दछ,’ भेनेजुएला सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक समाचारअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले हप्तौँअघिदेखि भेनेजुएलामा लागुऔषध कार्टेलमाथि स्थलगत आक्रमण गर्ने धम्की दिएका थिए । अमेरिकाले क्यारिबियन क्षेत्रमा सबैभन्दा आधुनिक विमानवाहक युद्धपोत युएसएस जेराल्ड आर फोर्ड र अन्य युद्धपोतहरू, ठुलो संख्यामा नौ सैनिक र हवाई शक्ति तैनाथ गरेको थियो । अमेरिकाले गत सेप्टेम्बरदेखि नै क्यारिबियन सागर र पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करहरूलाई लक्षित गर्दै आक्रमण गर्दै आएको थियो ।

मेक्सिको, रुस, इरान, क्युबा नेपाल लगायतले गरे कडा विरोध
रुसले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीको निन्दा गरेको छ । ‘भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सशस्त्र आक्रमण चिन्ताजनक र निन्दनीय छ,’ रुसी विदेश मन्त्रालयले भनेको छ ।कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले संयुक्त राष्ट्रसंघको आपत्कालीन बैठक बोलाउन आग्रह गरेका छन् । कोलम्बियाले भेनेजुएलाको सीमा क्षेत्रमा सेना तैनाथ गरेको छ ।

स्पेनले अमेरिका र भेनेजुएला दुवैलाई तनाव कम गर्न र संयम अपनाउन आह्वान गरेको छ । इरानले भेनेजुएलामाथि गरिएको सैन्य आक्रमणलाई देशको राष्ट्रिय सार्वभौमसत्ता तथा भौगोलिक अखण्डतामा स्पष्ट उल्लंघन भएको भन्दै निन्दा गरेको छ । क्युबाले अन्तर्राष्ट्रिय समुदायलाई बोल्न आह्वान गर्दै शान्तिको क्षेत्रमाथि अमेरिकाबाट क्रूरतापूर्वक आक्रमण भएको प्रतिक्रिया दिएको छ ।

बोलिभियाली पूर्वराष्ट्रपति इभो मोरालेसले अमेरिकी हमलाको निन्दा गरेका छन् । चिलीका राष्ट्रपति गेब्रियल बोरिकले शान्तिपूर्ण समाधानको आह्वान गर्दै भेनेजुएलामा सैन्य कारबाहीको निन्दा गरेका छन् ।मेक्सिकोले पनि घटनाको निन्दा गरेको छ । भनेको छ, ‘भेनेजुएलाको भूभागमा अमेरिकी सेनाहरूले एकपक्षीय रूपमा गरेका हालका सैन्य क्रियाकलापलाई कडा रूपमा निन्दा र अस्वीकार गर्छौँ । यसले क्षेत्रीय स्थिरतालाई गम्भीर रूपमा संकटमा पार्छ ।’

जर्मनी, इटाली, बेलायतलगायतले घटनालाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएका छन् । बेलायती प्रधानमन्त्री किर स्टारमरले भेनेजुएलामा अमेरिकी अपरेसनमा बेलायत संलग्न नभएको स्पष्ट पारेका छन् । यसबारे ट्रम्पसँग छलफल पनि नभएको उनले बताएका छन् । नेपालका पनि विभिन्न राजनीतिक दलका नेताहरूले अमेरीकी साम्राज्यवादकाे निन्दा गरेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img