spot_img

जम्मा गर्न दिएको रकम लिएर बैंकका एजेन्ट नै फरार

spot_img

काठमाडौं – गुल्मीमा बैंक खातामा जम्मा गर्न दिएको ग्राहको रकम लिएर एक व्यक्ति फरार भएका छन् ।जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ घमिर भानुपोखरामा रहेको मेगा बैंकको शाखारहित बैङ्किङ कार्यक्रमका एजेन्ट हरिनारायण लम्साल ग्राहका पैसा लिएर फरार भएका हुन् ।

उनले कयौं व्यक्तिसँग पैसा लिएर नक्कली भौचर दिएको तर बैंक खातामा पैसा नै नचढाएर ठगी गरेको भेटिएको छ । उनी माघ १७ गतेदेखि सम्पर्कका नभएको बताइएको छ ।अघिल्लो माघमा घमिरका पुर्णबहादुर बुढा मगरले लम्साललाई ५ लाख रुपैयाँ दिएका थिए । मेगा बैंकको खातामा राख्न भनेर दिएको उक्त रकम खातामा नभेटिएपछि लम्सालले ठगी गरेको खुलासा भएको जनाइएको छ ।लम्सालमार्फत् सो क्षेत्रका कयौं व्यक्तिले जम्मा गर्न दिएको पैसा पनि खातामा जम्मा नभएको बताइएको । घमिरकै भोटबहादुर दमाईले लम्साललाई राख्न दिएकोे ५० हजार रुपैयाँ पनि नक्कली भौचर बनाएर आफैले हिनामिना गरेको पाइएको छ ।

घमिरकै कालिका क्षेत्रीको ३ लाख , तुलसा घर्तीको ३० हजार, नातामा बुहारी पर्ने जमुना लम्सालको ११ लाख ६० हजार रुपैयाँ पनि बैकको खातामा नगरी ठगी गरेको बताइएको छ ।दर्जनौं भौचरमार्फत् लाखौं रकम हिनामिना भएको पाएपछि तम्घास शाखाको शाखा प्रबन्धक तेजेन्द्र कार्कीको टोली त्यहाँ पुगेर सो शाखारहित बैङ्किङको कारोबार बन्द गराएको छ । कार्कीले के कति ठगी गर्यो भन्नेबारे खुलासा नभएको तर बैंकले सूचना प्रकाशित गरी लम्सालसँगको सम्झौता रद्द गरेको बताइएको छ ।स्थानीयवासीका अनुसार एक करोडभन्दा बढी रकम ठगी भएको छ ।उनले सो क्षेत्रमा मेडिकल पसल, मनिट्रान्सफर र कम्युनिकेसन कारोबार समेत गर्दै आएका थिए । उनले भानुपोखरामै ३ तले पक्की घर बनाउन सुरु समेत गरेका थिए ।उनी सम्पर्कविहीन भएपछि केही दिनअघि परिवारले जिल्ला प्रहरी कार्यालय खोजतलास गर्नका लागि निवेदन नै दिएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img