spot_img

एमाले बर्दिया संघीय निर्वाचन क्षेत्र नं.१ बाट युवा नेता गोविन्द थपलिया सहित ५ जनाको नाम सिफारिस

spot_img

बर्दिया जिल्ला संघीय निर्वाचन क्षेत्र नं.१ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ५ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरु
१.शालिकराम अधिकारी
२.कपिल ज्ञवाली
३.गोविन्द थपलिया
४.सुरेश रेग्मी
५.सुष्मा चौधरी
पर्नु भएको छ।
शालिकराम अधिकारी एमाले बर्दिया जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ भने कपिल ज्ञवाली एमाले बर्दिया जिल्ला कमिटी सदस्यह हुन,सुरेश रेग्मी एमालेका पुराना नेता हुन भने सुष्मा चौधरी बाँसगढीकि पुर्ब उपमेयर हुन्।

यसै गरी गोविन्द थपलिया अनेरास्ववियुको त्रि-चन्द्र क्याम्पस कमिटी अध्यक्ष हुँदै ,भेरी अनेरास्ववियु भेरी अञ्चल कमिटी अध्यक्ष , अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य , सचिवालय सदस्य , स्थायी कमिटी सदस्य एबम् शैक्षिक बिभाग प्रमुख भएका थपलिया , दुई कार्यकाल एमाले बर्दिया (काठमाडौ सम्पर्क मन्च सचिवालय सदस्य एवम् युवा ( विद्यार्थी फांट इन्चार्ज,दुई कार्यकाल नेकपा एमाले बर्दिया जिल्ला कमिटी सचिवालय सदस्य भैसकेका नेता हुन् । नेकपा एमालेका पुर्णकालिन कार्यकर्ता थपलिया पार्टी काम , संगठन निर्माणमा निरन्तर योगदान दिइरहेकोले उनलाई भूगोल पार्टीले मुल्यांकन गरेको देखिन्छ।

थपलियालाई सिफारिस गर्नुको प्रमुख कारण बदलिँदो परिवेश संगै एमालेबाट ४० बर्ष मुनिको युवा कलष्टरलाई ध्यान दिंदै सिफारिस गरिएको एमाले स्रोतले बताएको छ । उहाँ मात्रै नभएर उहाँको बुवा राजकुमार थपलियाको एमाले पार्टीमा निकै ठूलो त्याग, तपस्या,संघर्ष अनि योगदान रहेको तथ्य स्थानीय नेता कार्यकर्ताहरु बताउँछ्न् । भूगोल पार्टीले आवश्यकता महसुस गरेर नाम सिफारिस गर्दैगर्दा केन्द्रले पक्कै पनि मुल्यांकन गर्ने कुरामा थपलिया बिश्वोस्त देखिन्छन्।

आफू टुप्पोबाट नपलाएको र ग्राउन्ड जिरोबाट निरन्तर पार्टी काममा लागेको अबिचलित कार्यकर्ता भएको उनी बताउँछन् । अहिलेका नेकपा एमालेका महासचिव शंकर पोख्रेल ३१ बर्षको उमेरमा नै चुनाव लडेर सांसद भएको उदाहरण दिदै थपलिया पनि सबै हिसाबले आफू तयार रहेको जानकारी हामीलाई दिए ।

आफू एमालेको नाम धेरै पटक साइबर हमलामा परेको उनी बताउँछन ज्ञानेद्र शाही प्रकरण होस वा ट्याक्सी जलाएको भ्रम होस् । थपलिया दुई बिषयमा माष्टर डिग्री सहित हाल अन्तरास्ट्रिय सम्बन्ध र कुटनितिमा एम.फिल. लिड पि.एच.डि गर्दैछ्न् । जेन्जी आन्दोलन ताका पार्टीको पक्षमा निरन्तर पैरवी गर्ने र वकालत गर्ने निडर र साहसी नेताको छवि थपलियाले बनाएका छ्न् । साथै बर्दियाली जनताका आशा र अपेक्षा गरेका नेताका रुपमा उनी परिचीत छ्न्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img