spot_img

डोल्पामा एक युवा बेपत्ता घटनाःबेपत्ता रोकायकाे अवस्था अझै अज्ञात,घटनामा संलग्न ४ प्रहरीलाइ मुद्दा दर्ता गर्ने लगाएत यस्ता छन् मौखिक सहमतिहरू

spot_img

डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ गाउँका ३४ वर्षीय स्थानीय युवा जुन रोकाय भेरी नदिमा बेपत्ता भएकाे भनिएकाे घटनामा उनकाे अवस्था अझै अज्ञात छ।

शुक्रबार राति रोकायलाई चौकी नजिकै प्रहरीले लागूऔषधको ओसारपसारमा संलग्न रहेको आशंकामा चेकजाँच गर्न खाेजेकाे थियाे। प्रहरीले चेकजाँच गर्न नपाउँदै रोकाय आत्तिएर ठूलो भेरी नदीमा हाम फालेपछि बेपत्ता भएको प्रहरी र स्थानीयकाे भनाइ छ।

डोल्पामा स्थानीय एक युवक बेपत्ता भएको विषयलाई लिएर सुरु भएको विवाद समाधानका लागि भएको वार्तामा मौखिक सहमति जुटेको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित प्रहरी चौकी त्रिपुराकोटमा स्थानीय र प्रहरीबीच भएको वार्तामा दुुई पक्षबीच मौखिक सहमति जुटेको हो ।

आइतबार अपराह्न करिब दुई घन्टा चलेको वार्तामा घटनामा संलग्न चार जना प्रहरीलाई मुद्दा चलाउने सहमति लगाएतका सहमति भएका छन्।

उनका अनुसार प्रहरीमा मुद्दा दर्तापछि जारी अनिश्चितकालीन यातायात बन्द फिर्ता लिने सहमति भएको छ । आइतबार विहानै प्रहरीले खाेजीकार्य गर्न सशस्त्रकाे गाेताखाेरकाे टाेलि परिचालित छ। यातायात पनि संचालन गर्ने सहमति भएकाे छ । घटनाको छानबिन गर्न प्रदेश प्रहरी कार्यालय सुर्खेतले एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति समेत खटाएकाेले बाँकी गृहकार्य हुने बताइएकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img