spot_img

तुलसीपुरमा व्यापारीक निर्वाचनको सरगर्मीः भोट माग्न जिल्ला नेता घरदैलोमा

spot_img

तुलसीपुर ,उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि फागुन १ गते निर्वाचन हुँदैछ। शुक्रबार प्रचारप्रसार गर्ने अन्तिम दिन हो। निर्वाचन आचारसंहिता अनुसार आज मध्यरातिबाट औपचारिक रूपमा गरिने प्रचारप्रसार बन्द हुने निर्वाचन संयोजक प्रविण लम्सालले जानकारी दिए।तुलसीपुर बजारस्थित संघको भवनमा शनिबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

निर्वाचन समितिका संयोजक लम्सालका अनुसार संघको नेतृत्व चुन्न कुल १ हजार ८ सय ८ जना मतदाताले मताधिकार पाएका छन्।उक्त निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलो गरिरहेका छन्।संघको नेतृत्वका लागि नेपाली कांग्रेस समर्थित प्रजातान्त्रिक प्यानलको नेतृत्व टेकनप्रसाद बस्नेत (हिमाल) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निटक बामपन्थी प्यानलको नेतृत्व रामप्रसाद चालिसेले गरेका छन्।विभाजन उन्मुख नेकपाले यहाँ भने एकताबद्ध भएर बामपन्थी उम्मेदवार प्रस्तुत गरेको छ।

संघको १७ सदस्यीय पदाधिकारीका लागि ४१ जना चुनावी प्रतिपर्धामा उत्रिएका छन्। कोषाध्यक्ष, महासचिव लगाएत सदस्यमा स्वतन्त्र उम्मेदवार प्रतिपर्धामा छन्।निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवार भोट माग्दै घर दैलो गर्नु सामान्य कुरा हो। तर, यहाँ उम्मेदवार मात्रै होइन, जिल्लाका प्रमुख नेता भोट माग्दै घरदैलो गरिरहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img