spot_img

यी हुन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय

spot_img

काठमाडाैँ, सरकारले इजरायलसँगको श्रम सम्झौता स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलसँगको श्रम सम्झौता र ओमानसँगको समझदारीपत्र स्वीकृत गरेको हो।

बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

हेर्नुस् सार्वजनिक भएका निर्णयहरू ः
१. राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ ।

२. समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ ।

३. जेन–जी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेन–जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।

४. नेपाल सरकार र ओमान सरकारबिच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ ।

५. नेपाल सरकार र इजरायल सरकारबिच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ ।

६. पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।

७. वन तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।

८. नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img