spot_img

राष्ट्रिय सभा चुनावमा कांग्रेस आठ, एमाले सात सिटमा दाबी, उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष केपी ओलीलाई

spot_img

काठमाडौं,राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले ८ र नेकपा एमालेले ७ सिट दाबी गरेका छन्। एमालेको दोस्रो सचिवालय बैठकको निर्णय सुनाउँदै एमाले उपमहासचिव लेखराज भट्टले एमालेले ७ सिट दाबी गरेको बताए।उनका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको छ।

‘कुन क्लस्टर कसकसले पाउने भन्ने समझदारी मात्रै हुन बाँकी छ। हामीले प्रत्येक प्रदेशबाट एक जना पाउने गरी दाबी गरेका छौं,’ उनले भने।एमालेका अर्का सचिवालय सदस्यले जानकारी दिनेअनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले ८ सिट दाबी गरिरहेको बताएका थिए। अन्तिममा कांग्रेस र एमालेले समान ७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ३ र जसपाले १ सिट पाउने गरी समझदारी जुट्न सक्ने एमाले नेताहरूले बताएका छन्।

उपमहासचिव भट्टले एमालेले पाउने सिटमा कसकसलाई उम्मेदवारी दिने भन्ने टुंगो लगाउने जिम्मा अध्यक्ष ओलीलाई नै दिएको बताए।‘हरेक प्रदेशमा एक जना पाउने गरी सात जना हामीले भनेका छौं। टुंगो के लागेको छैन भने, कुन प्रदेशमा हामीले पुरूष पाउने हो कि महिला। टुंगो लगाएर कोको व्यक्तिलाई उठाउने भन्ने निर्णय गर्ने अधिकार अध्यक्षलाई नै दिएको छ,’ उनले भने।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img