spot_img

वीरगन्जमा २ पक्षबिच सहमति, कर्फ्यु हट्यो

spot_img

वीरगन्ज, वीरगन्जमा दुई समुदायबिच भएको झडप र प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले पाँचवटा निर्णय गरेको छ।मंगलबार बिहान १० बजेदेखि प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहभागीहरूलाई समेटेर स्थायी संयन्त्र बनाउने निर्णय गरेको हो। साथै, अन्य मुलुक तथा स्थानमा घटेका घटना तथा दुर्घटनालाई लिएर वीरगन्जमा प्रदर्शन र आन्दोलन नगर्ने प्रतिबद्धतासहितको निर्णय पनि गरिएको छ। यसको सट्टा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिएर ज्ञापनपत्र बुझाई अनुमति प्राप्त गरेपछि मात्र आन्दोलनका कार्यक्रम गर्न सकिने व्यवस्था गरिएको छ।

यस्तै, आजको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उपस्थित सम्पूर्ण संस्था, जनप्रतिनिधि तथा सम्बन्धित निकायहरू समेटिएको स्थायी संयन्त्र गठन गरिने निर्णय भएको छ।सहायक प्रमुख जिल्ला अधिकारी विनोदप्रसाद पोखरेलले मिडियाकर्मीले समाचार सम्प्रेषण गर्नुअघि धार्मिक तथा सामाजिक सदभाव कायम हुने र खलल नपुग्ने किसिमका समाचार मात्र सम्प्रेषण गर्ने निर्णय भएको उनले बताए।

धार्मिक तथा सामाजिक सदभाव बिथोल्न दुरुत्साहन गर्ने समूह र आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने तथा सबै पक्षले आफ्ना कमजोरीको समीक्षा गर्दै आफ्ना समुदायलाई सदभाव कायम गर्न प्रेरित गर्ने निर्णय भएको छ।

यस्तै, बैठकमा सहभागी संस्था तथा व्यक्तिहरूले आफ्ना सामाजिक सञ्जाल र वेबसाइटमार्फत उक्त निर्णयको समर्थनमा जानकारी सार्वजनिक गर्ने सहमति पनि भएको पोखरेलले बताए। अहिलेको विद्यमान परिस्थितिलाई सहज बनाउन सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्ने सहमतिसमेत बैठकले गरेको छ।सोमबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्मका लगाइएको कर्फ्यु सहमतिपछि हटेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img