काठमाडौँ — पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुर नगरपालिका–३ फेदी जंगलमा बुधबार साँझ दुर्घटना भएको छ ।
जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कंदै गरेको बा ४ ख ८७८८ नं. को महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेको हो । घटनास्थलबाट सबै जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएकाे छ।
बसमा ४० जना जति सवार रहेको अनुमान अनुमान गरिएको छ । अहिलेसम्म मानवीय क्षतिको विवरण आउन बाँकी छ।