spot_img

माओवादीका प्रदेश सांसद रहबरले छोडे पार्टी

spot_img

जनकपुरधाम,नेपाली कम्युनिस्ट पार्टीका नेता रहबर अन्सारीले राजीनामा दिएका छन्। तत्कालीन नेकपा माओवादी केन्द्रबाट मधेश प्रदेशसभामा निर्वाचित अन्सारीले पार्टीबाट राजीनामा दिएका हुन्।

उनले प्रचण्डलाई सम्बोधन गर्दै भनेका छन्, ’यो गीत अब तपाईँको स्मृतिमा मात्र बाँकी छ। साहस, इमान र जोखिम, तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिन। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दाबाद भन्दै बिदा लिन्छु।’

उनले राजीनामा पत्रमा लेखेका छन्, ’त्यो पुस्ता, जसले सत्ता होइन, परिवर्तन चाह्यो, तर अन्ततः सम्झौता, पद र सुविधाको राजनीति मात्रै देख्यो। ती सपना जसका लागि रगत बग्यो, तर जसको नाममा आज डर, मौनता र अवसरवाद शासन गरिरहेको छ। ती शहीदहरू, जसका नाम भाषणमा उच्चारण हुन्छ, तर उनका आदर्श व्यवहारमा कहिल्यै उतारिएनन्।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img