spot_img

भ्रष्टाचार र अनियमिततामा संलग्न कर्मचारीहरुलाई डोल्पा पठाउने भनेकाे हाेइन,अन्यथा गलत भए माफ पाउँःभूमि व्यवस्था मन्त्री डा. कुमार इङ्नाम

spot_img

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. कुमार इङ्नामले कुनै कर्मचारी अनियमितता वा आचारण विपरीतका काममा संलग्न भएको भेटिए डोल्पा वा अरु कुनै जिल्लामा सरुवा गर्ने भनेर नभनेकाे दावी गरेका छन्। मेराे भनाइलइ अन्यथा गलत भए पर्न गए माफि चाहन्छु तर मैले त्यसाे नभनेकाे मन्त्री  इङ्नामले अभिव्यक्ति नदिएको दावी गरेका हुन्।

बुधबार मन्त्री इङनामले मन्त्रालयले गरेको कामकारबाहीका बारेमा जानकारी गराउन केही पत्रकारहरुसँग भेटघाट गरेका थिए । त्यसक्रममा उनले उपत्यकाका केही मालपोत कार्यालय प्रमुखहरुलाई कारबाही स्वरुप जिम्मेवारीबाट अलग गरी सरुवा गरेका थिए ।

भ्रष्टाचारमा संलग्न कर्मचारीहरुमाथि आफू कठोर हुने भन्दै उनले तत्काल कारबाही गरेर निकाल्ने र घुस खाएको भेटिए तत्काल भूमिका विहीन बनाउने अभिव्यक्ति दिएका थिए । कतिपय सञ्चारमाध्यमहरुमा भ्रष्टाचार र अनियमिततामा संलग्न कर्मचारीहरुलाई डोल्पा लगायतका जिल्लामा पठाइदिने अभिव्यक्ति विवादित बनेकाे थियाे।

उनकाे भनाइ प्रति डाेल्पा जिल्लावासी लगाएत सामाजिक संजालमा व्यापक आलाेचना भएकाे थियाे। डाेल्पावासीका तर्फबाट असन्ताेष व्यक्त गर्दै विहीबार डाेल्पाली युवाहरू पत्रकार रूपक कुलाल,अधिवक्ता पूर्ण हमाल,विमल राेकाया र शेराप लगाएतका युवाहरूले  मन्त्रालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए ।

भूमि व्यवस्था मन्त्रालयले प्रत्यक्षरुपमा त्यो विषयवस्तु नउठाए पनि कुनै पनि जिल्लाका विरुद्ध अपमानजनक अभिव्यक्ति र वक्तव्य नदिएको स्पष्ट पारेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img