spot_img

जाजरकोटमा जिप दुर्घटना हुँदा दुइ जनाको मृत्यु,चार घाइते

spot_img

वीरेन्द्रनगर,  जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेतिर छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा छेडागाड–९ पजारुबाट थलहका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको जिप दुर्घटनामा परेको हो ।

ब्रेक फेल भई सडकबाट जिप १ सय ५० मिटर तल खस्दा २ जनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । मृत्यु हुनेमा छेडागाड–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारी छन् ।

दुर्घटनामा ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधिरकुमार खड्काले बताए । उनका अनुसार घाइतेको अवस्था मध्यम छ । घाइतेलाई उपचारका लागि नगर अस्पताल पठाइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img