spot_img

प्रतिगामी कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहन प्रचण्ड–माधवको आग्रह

spot_img

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नरहेको बताएको छ।शुक्रबार सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको बताएका हुन्।उत्पीडित वर्गको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएकोले यसकाविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको सन्देशमा उल्लेख छ।

‘पछिल्लो घटनाका रुपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिंगका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको छ । त्यसकारण हजारौँ जनताको त्याग र समर्पणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध आन्दोलनमा होमिनुको कुनै विकल्प छैन । तसर्थ तामाङ र शेर्पा समुदायसहित सम्पूर्ण नेपाली जनतामा यस पर्वको अवसरमा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामनाका गर्दै प्रतिगामी कदम विरुद्ध अन्तिम धक्काका लागि तयार रहन हार्दिक आव्हान गर्दछौँ’, सन्देशमा भनिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img