काठमाडौं, खेलकुदमन्त्री बब्लु गुप्ताको क्याविनेटबाट स्वीकृत भइसकेको अमेरिका भ्रमण विवादित बनिरहेको बेला शिक्षामन्त्री महावीर पुनले आफूलाई मन्त्री भइसकेपछि विदेश भ्रमणका लागि आएका निम्तो अस्वीकार गरेको बताएका छन् । अहिले पनि २ वटा निमन्त्रणा आएको र यसमा पनि नजाने पुनको भनाइ छ ।
इजरायल र साउदी अरबमा कार्यक्रमका लागि आएको निमन्त्रणापत्र फेसबुकमा राख्दै उनले देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधानमन्त्री, अर्थमन्त्री आए पनि प्रगति नहुने र विदेश घुमेर पनि केही नहुने बताएका छन् ।
मन्त्री पुनले लेखेका छन्, ‘लौ जा ! म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीनवटा विदेश भ्रमणमा गइनँ । अहिले पनि दुईवटा निमन्त्रणा आएछ । यसमा पनि जान्नँ । देशको अर्थतन्त्र नसुधारे सम्म जोसुकै प्रधान मन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किन भने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?’