spot_img

गगन-विश्व पछि नहट्ने र देउवा अटेरिले ख्यालख्यालमै फुटकाे संघारमा कांग्रेसःराेक्ने अन्तिम प्रयास गर्दै देउवा

spot_img

आइतबार र सोमबार हुने कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा शुक्रबारदेखि तयारी तीव्र छ।विशेष महाधिवेशनमा सहभागी हुनका लागि विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आएका छन्।शुक्रबार दिनभरजसो भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षका नेताहरुको चहलपहल थियो।

विभिन्न जिल्ला कार्यसमितिहरूले विशेष महाधिवेशनको पक्षमा विज्ञप्ती निकाल्ने क्रम पनि जारी छ।दोस्रो महाधिवेशनको तयारी तीव्र भइरहँदा विभिन्न समितिहरू सक्रिय भइरहेका छन्।

शनिबार कांग्रेसका भ्रातृ तथा शुभेच्छुक समन्वय समितिले ¥याली निकाल्ने भएको छ।समिति संयोजक तथा कांग्रेस नेतृ प्रतिमा गौतमले शनिबार दिउँसो समितिले ¥याली निकाल्ने जानकारी दिएकी छन्।

उनले दिउँसो १ बजे विशेष महाधिवेशन स्थल भृकुटीमण्डपबाट ¥याली सुरू भएर बागबजार घुमेर पुनः भृकुटीमण्डपमै आएर टुंगिने बताइन्।¥यालीमा सहभागी हुनका लागि समितिले प्रतिनिधि तथा नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ।कांग्रेसको नियमित महाधिवेशन घोषित मितिमा हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए।

विशेष महाधिवेशनको पक्षमा कांग्रेस १४ औं महाधिवेशनका ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए। कांग्रेसमा ४० प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्ने विधानमा व्यवस्था गरिएको छ।

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान भएको छ।कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन्।बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई निर्देशन दिइएको छ।मुख्यसचिव पौडेलका अनुसार पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको हो।

पार्टी फुट्न दिन्नँ, म मिलाउँछु– देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुट्न नदिने बताएका छन्।नेविसंघका केन्द्रीय सदस्यहरूसँग आज निवासमा कुराकानी गर्दै सभापति देउवाले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धा जनाएका हुन्।

नेविसंघका केन्द्रीय सदस्यहरूले पार्टी एकताका लागि भूमिका खेल्न सभापति देउवालाई आग्रह गरेका थिए।विशेष महाधिवेशनबारे कांग्रेसभित्र मतभेद छ। यो मतभेद फुटसम्म पुग्न सक्छ भन्ने चर्चा भइरहेको छ।

सभापति देउवाले पार्टीलाई एकढिक्का बनाउन भूमिका खेल्ने र ‘विगतमा आन्तरिक विवाद र झगडाकै कारण पार्टीले भोग्नुपरेको फुटको पीडादायी अनुभव स्मरण गराउँदै यस्ता अवस्थाबाट समयमै सचेत भएकाे दावी गरेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img