काठमाडौं । रास्वपासँग भएका भंग भएपछि कुलमान घिसिङउज्यालो नेपालको पार्टी अध्यक्ष बन्ने भएका छन्। रास्वपासँग कुरा नमिलेपछि पार्टीका संरक्षक रहेका कुलमानले नेतृत्व आफैँ लिने लागेका हुन्।
त्यसबारे जानकारी दिनको लागि उज्यालो नेपाल पार्टीले साँझ ६ बजे पत्रकार सम्मेलन राखेको छ। उज्यालोको तर्फबाट अघि सारिएका केही मागहरू पूरा गर्न नसकिने भन्दै रास्वपाले एकता टुटेको घोषणा गरेको थियो। रास्वपाको आकस्मिक सचिवालय बैठक अहिले जारी छ।