spot_img

बैतडीमा जिप दुर्घटनाः३ जनाको मृत्यु,अन्य घाइते

spot_img

फाइल तस्वीर

बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जय पृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक दुर्घटनामा परेको हो ।

जिप आफैँ अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन् । घटनास्थलमै मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको छ ।

जिपमा सवार अन्य सबै घाइते भएका र घाइतेहरूको सङ्ख्या यकिन हुन बाँकी रहेको प्रहरी निरीक्षक सिंहले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img