spot_img

नेपाली कांग्रेसको विशेष महाधिवेशनःकसले गर्दैछ अध्यक्षता? दुई महामन्त्रीले प्रतिवेदन प्रस्तुत गर्ने,पार्टी फुट राेक्ने भन्दै देउवाले गठन गरे वार्ता टाेलि

spot_img

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत राजधानीको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । ८८ वर्षीय महाधिवेशन प्रतिनिधि श्याम कुमार खड्काको अध्यक्षतामा सोमबार बन्दसत्र सुरु भएको हो । यस्तै बन्दसत्रको कार्यक्रम किशोरदत्त बरालले कार्यक्रम सञ्चालन गर्नेछन् भने नारायण भट्टराईले हललाई कार्यविधि पढेर सुनाउने जानकारी दिइएको छ ।

यसअघि ओमकार प्रसाद श्रेष्ठको अध्यक्षतामा बन्दसत्र हुने भनिएपनि उनीभन्दा ज्येष्ठ सदस्य खड्का रहेको पाइएपछि उनकै अध्यक्षतामा बन्दसत्र सुरु गरिएको आयोजक समितिको भनाइ छ । खड्का काठमाडौँ–५ महाधिवेशन प्रतिनिधि बनेका हुन् ।

कांग्रेस विशेष महाधिवेशनमा दुई महामन्त्रीले प्रतिवेदन प्रस्तुत गर्ने
नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशनमा सोमबारको बन्द सत्रमा दुई जना महामन्त्रीले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । विशेष महाधिवेशन प्रचार समिति संयोजक सुवास पोखरेलले महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् ।

‘बन्द सत्रमा दुई वटा महामन्त्रीले पेस गर्ने प्रस्ताव पास हुन्छन् । दुई प्रस्तावमा चार विषय छन्’, उनले भने, ‘ती विषयहरूमा समसामयिक राजनीतिक समीक्षा, राजनीतिक तथा पार्टीको नीति, विधान संशोधन, कांग्रेसको परिमार्जन समेटिएका छन् ।’उनले महाधिवेशन प्रतिनिधिहरू ९ वटा ग्रुपमा विभाजन गरेर महामन्त्रीका प्रस्तावमा छलफल हुने बताए । साथै त्यसरी छलफल भए पनि ग्रुप लिडरको निष्कर्ष सुनाउने कार्यक्रम रहेको महाधिवेशन आयोजक पक्षले जनाएको छ ।

पोखरेलले प्रस्तावित कार्यविधिमा निर्वाचन गर्नेदेखि बन्द सत्रमा गर्ने कामका बारेमा खुलाइएको जनाएका छन् । ‘हलले स्वामित्व ग्रहण गरेपछि आफ्नो कार्यविधि आफैँ बनाउँछ र पास हुन्छ त्यो काम सुरु भएको छ’, पोखरेलको भनाइ छ ।

देउवाले भने–पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका छन् ।आज बिहान आफूसँग भेट गर्न आएका नेता–कार्यकर्तासँग देउवाले यस्तो बताएका हुन् । ‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन । म विश्वस्त छु’, भेटका क्रममा नेताहरूसँग उनले भने ।

विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने उनको भनाइ छ ।संस्थापन पक्षकै केही नेताहरु आज बिहान देउवालाई भेट्न गएका थिए । उनले यो विशेष महाधिवेशन वैधानिक नभएको बताएका छन् ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सुरु भएको छ । आज बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन् । यो महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएको दाबी गरिएको छ ।

सभापति देउवा निकट स्रोतका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई थापा र शर्मासँग संवाद र छलफलका लागि खटाइएको हो ।खड्का र लेखकले थापा र शर्मालाई संवादका लागि पटक पटक पहल गरेपनि छलफल हुन नसकेको बताइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img