spot_img

कांग्रेसको दोस्रो विशेष महाधिवेशनःहलले गगन-विश्वलाइ पछि नहट्न भनेपछि नयाँ नेतृत्वकाे प्रकृया हुँदै,देउवालाइ पार्टी विभाजन राेक्न नेताहरूकाे हार गुहार

spot_img

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विभाजनतिर गएको भन्दै तत्काल मिलाउन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्।देउवा निवास महाराजगञ्जमा सोमबार पुगेर कोइरालाले देउवालाई यस्तो सुझाव दिएका हुन् । देउवा गुटको बैठक जारी रहेकै बेला अरू तीन जना नेतासहित कोइराला महाराजगञ्ज पुगेका थिए।

बैठकमा सहभागी कोइराला समूहको एक नेताले पार्टी फुटतिर गएकाले कोइरालाले सभापतिलाई मिलाउन आग्रह गरेको बताए ।जवाफमा देउवाले आफू समूहमा छलफलमा रहेको भन्दै पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएको ती नेताको भनाइ छ।

महामन्त्रीद्वयको प्रतिवेदन र चार विषयमा छलफल गर्न गठित ९ समूहको संयोजकमा को–को ?

 काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन र चार विषयमा छलफल गर्न गठित ९ समूहका संयोजक तोकिएका छन् । समूहमा कोशी प्रदेशबाट मेदती सिटौला, मधेश प्रदेशबाट चन्द्रशेखर यादव, बागमती प्रदेशबाट वीरेन्द्र सिंह समूहगत छलफलमा छन् । त्यस्तै गण्डकी प्रदेशबाट रेशम बानियाँ, लुम्बिनी प्रदेशबाट भुवन श्रेष्ठ, कर्णाली प्रदेशबाट नारायण भट्टराई र सुदूरपश्चिम प्रदेशबाट भरत खड्का छन् । त्यसैगरी उपत्यकाबाट प्रमोदहरी गुरागाईँ एवं भ्रातृ तथा शुभेच्छुक सङ्गठन,जनसम्पर्कबाट केशव निरौला र सीता सापकोटा सहभागी छन् ।

यी समूहहरूले मुख्य चार वटा विषयमा केन्द्रित रहेर आफ्ना सुझाव र धारणा राख्नेछन्। छलफलका लागि तय गरिएका विषयहरूमा समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन रहेका छन्। सोमबार बन्दसत्र जारी छ ।

गगनले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठ)
नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् ।भृकुटीमण्डपमा अहिले बन्दसत्र जारी छ । केहीबेर अघिमात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

लगत्तै थापाले राजनीतिक प्रस्ताव पेश गरेका हुन् । महामन्त्रीद्वयले विशेष अवस्थामा महाधिवेशन गर्न परेको तर्क गरेका छन् । संस्थापन पक्षीय नेताहरू भने विशेष महाधिवेशन रोक्नेगरी प्रयास गरिरहेका छन् ।मध्यमार्गी नेताहरू हिजोबाटै तीव्र छलफल बढाइरहेका छन् ।

पूर्णपाठ हेर्न तलकाे लिंक क्लिक गर्नुहाेस्

https://drive.google.com/file/d/1bZS3i9mPagMR5qfgqV98dhQUdzIZCj2t/view

समसामयिक-राजनीतिक-प्रस्तावFinal

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img