spot_img

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

spot_img

काठमाडाैँ, सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी निर्णयहरू सार्वजनिक गरेका हुन्।

१९ वटा निर्णयमध्ये पाँचवटा विदेश भ्रमण स्वीकृतिसम्बन्धी छन् ।

यस्ता छन् निर्णयहरू
– संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

– अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने ।

– वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने ।

– २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने ।

– मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने ।

– अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बरालको मेक्सिको भ्रमण स्वीकृत गर्ने

– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलको चीन भ्रमण स्वीकृत गर्ने

– नेपाल न्याय सेवा कानुन सेवातर्फका राजपत्रांकित प्रथम श्रेणीका आठजना अधिकृतहरूको बढुवा र पदस्थापन गर्ने

– इटालीको रोममा आयोजना हुने कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदन परियारलाई सहभागी हुने स्वीकृत दिने

– म्यानमारमा भइरहेको तेस्रो चरणको निर्वाचनमा पर्यवेक्षकका रूपमा सहभागी हुन निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरलाई स्वीकृति प्रदान गर्ने

– समस्याग्रत संस्था वा संघको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य उद्धवप्रसाद तिमल्सिनाको राजीनामा स्वीकृत गरी उक्त पदमा मधुकर राना, ललितपुरलाई मनोनयन गर्ने

– नेपाली सेनाका तीन महासेनानीको सहायकरथीमा बढुवा गर्ने र दुईजना महासेनानीको सरुवा गर्ने

– मोरक्कोमा आयोजना बालश्रम उन्मुक्तिसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने

– स्पेनको म्याड्रिडमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलालाई सहभागी हुन स्वीकृति दिने

– दलितको हकअधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने

– इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने गरी दरबन्दी तेरिज स्वीकृत गर्ने

– स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने डब्लुएचओको कार्यक्रममा सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई स्वीकृति दिने

– गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने

– प्रधानमन्त्रीको प्रेस सल्लाहकामा रामबहादुर रावल, बाजुरालाई नियुक्त गर्ने

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img