spot_img

फुटतिर अघि बढ्दै कांग्रेसःनिर्वाचनमै मोडियो कांग्रेस विशेष महाधिवेशन,सभापति देउवा र दुई महामन्त्रीबीच भेट हुँदै

spot_img

 नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ । रातभरका विभिन्न चरणका वार्तापछि पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने विशेष महाधिवेशन पक्षधरले स्पष्ट पारेको छ । विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजगर गर्दै कार्यक्रम अगाडि बढाइएको बताए । उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने आएको छ । हामी त्यसलाई पनि सम्मान गर्छौँ । यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ ।’

पोखरेलले मंगलवार बेलुकी नै विशेष महाधिवेशनस्थल स्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार राति पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने स्पष्ट पारेका थिए । उनले संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार भए पनि सभापति देउवा नेतृत्व छोड्न तयार नभएको उल्लेख गर्दै सो कुरा आफूहरूको लागि स्वीकार्य नरहेको बताए ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्द सत्र समापन गरिएको थियो । यसैबिच विशेष महाधिवेशन पक्षधर नेताहरूले पदाधिकारीको खाकासमेत तयार गरिरहेको जनाइएको छ ।

बुधबार बिहान वार्ताको ढोका खुला राखिरहँदा निर्वाचनको नयाँ तालिका अनुसार प्रक्रिया पनि अगाडि बढ्ने छ । मनोनयन दर्ताका लागि बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्मको समय थप गरिएको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जनाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्ने भएको छ । हिजो दिनभर बस्न नसकेको बैठक साँझ एकाध मिनेट बसेर स्थगित भएको थियो ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरका नेताहरू मंगलबार दिनभर वार्तामा जुटेका कारण केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशन जारी रहेकोले उनीहरू बैठकमा उपस्थित नहुने बताउँदै आएका छन् ।

कांग्रेस सभापति देउवा र दुई महामन्त्रीबीच भेट हुँदै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच बुधबार भेट हुने भएको छ।विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता निष्कर्षमा नपुगेको अवस्था र निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा उनीहरूबीच भेट हुने सम्भावना रहेको एक नेताले बताए।

देउवा निकट एक नेताका अनुसार बिहान ८ बजे छलफल गर्ने गरी सभापतिले दुई महामन्त्रीलाई बोलाएका थिए।’भेट अहिले बिहानै हुन सक्छ,’ ती नेताले भने।सोमबार प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितका नेताहरू देउवा निवासमै पुगेर दुई महामन्त्रीलाई भेटेरै कुरा गर्न सुझाएका थिए।

त्यतिबेलै देउवाले महामन्त्रीहरू आफूसँग रिसाएको र ब‍ोलाउँदा नआउने हुन कि भनेर शंका व्यक्त गरेका थिए। नेताहरूले सभापति स्वयंमले बोलाएपछि दुई महामन्त्री छलफलका लागि अवश्य आउनेछन् भनेर सम्झाएका थिए।संस्थापनले लचकता देखाएपछि महामन्त्रीहरू पनि लचक हुन सक्ने भनेर नेताहरूले सुझाव दिएपछि सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सकारात्मक रूपमा लिएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img