काठमाडौँ, भैरहवाबाट काठमाडौँका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान ढिलाइ भएको छ।उडान नं. ८५२ अन्तर्गतको जहाज(9N-AMD)मा सवार एक यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि उडान स्थगित गर्नुपरेको बुद्ध एयरले जानकारी दिएको छ।
बुद्ध एयरका अनुसार यात्रु सुमन गौतमले आपतकालीन ढोका खोलेपछि तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।
घटनापछि हवाई सुरक्षा मापदण्डअनुसार जहाजको विस्तृत प्राविधिक परीक्षण आवश्यक परेकाले काठमाडौँबाट प्राविधिक टोली भैरहवातर्फ प्रस्थान गरिसकेको कम्पनीले जनाएको छ।
पूर्ण प्राविधिक परीक्षण सम्पन्न भई सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एयरले स्पष्ट गरेको छ।नागरिक उड्डयन प्राधिकरणका नियमअनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानि