काठमाडौं, डाेल्पाली युवा लेखक प्रेमबहादुर बाेहराले लेखेकाे पहिलाे कृति ‘कोग्ले’ काे विमाेचन भएकाे हाे । काठमाडौंमा शुक्रबार आयोजित विमाेचन कार्यक्रममा लेखक राधा पौडेल,राजनीतिज्ञ प्रशान्त सिंह, कवि प्रणिका कोयू र कृतिका लेखक प्रेमबहादुर बाेहराले कृति ‘कोग्ले’ सार्वजनिक गरे । कार्यक्रममा डाेल्पाबासी र पुस्तक प्रेमीहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै लेखक राधा पाैडेलले कृति उत्कृष्ट रहेकाे बताउनु भयाे । कृति पढेपछि कर्णाली र डाेल्पालाइ नजिकबाट जान्न पाइनुकाे साथै कर्णालीमा एक युवा लेखककाे संख्या बढेकाे भन्दै कृतिकाे तारिफ समेत गर्नुभयाे ।
यस्तै लेखक बोहराले संस्मरणात्मक कृति कोग्ले भित्र उनी हुर्कदै जाँदा बाल्यकालका रमाईला किस्सा, स्कुल पढ्नका लागि संघर्ष, एसएलसीपछि शहरमा रुमलिएकोमात्र होइन, शहरबाट हेर्दा देखिएको कर्णालीको चित्र र त्यो भित्रपनि उनले चिहाएको संसार र अर्थाएको कर्णाली पनि रहेकाे बताए ।


















