spot_img

एमालेलाई पनि कांग्रेसजस्तो बनाउन खोजिएको थियो,अध्यक्ष केपी ओली

spot_img

काठमाडौँ,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताएका छन्।बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको नेपाली कांग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल नभएको बताएका हुन्।

पार्टीको महाधिवेशनले नेतृत्व चयन गरेर एमाले अहिले एकजुट भएको उनको दाबी छ।उनले भने, ‘कांग्रेस पार्टीमा अहिले जे भएको छ, हाम्रो पार्टीमा पनि त्यही गर्न खोजेका थिए। एक वर्षअघि नै महाधिवेशन गरेर, हल्ला, भ्रमहरुको तुवाँलो चिरेर, शेरबहादुरलाई जसरी बलजफ्ती निष्कासन भनेर गरेका छन्, त्यस्तै त हाम्रो पार्टीमा पनि गर्न खोजेका थिए नि त।

कारबाही हुनुपर्छ, जिम्मेवार बन्नुपर्छ। यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थियो त। त्यसो भए जनता र कार्यकर्ताले फैसला गरुन् भनेर एक वर्षअघि नै महाधिवेशन तानेर महाधिवेशन ग¥यौँ। हाम्रो पार्टीमा पनि यही समस्या आउँदै थियो नि। तर पार्टी जोगिएको छ। पार्टी एकजुट बनेको छ। महाधिवेशनले एउटा फैसला दिएको छ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img