spot_img

सूचना प्रविधिमार्फत हुने दुष्प्रचार न्यूनीकरणमा आयोगको जोड

spot_img

काठमाडाैँ,  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सूचना प्रविधिमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति न्यूनीकरण अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य चुनाव २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाण्डौमा शुरू भएको एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवम् साइबर सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै उहाँले दुष्प्रचार नियन्त्रणका लागि आयोगको सूचना प्रविधिमा कार्यरत सम्पूर्ण कर्मचारीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

भण्डारीले सूचना प्रविधिको प्रयोग गर्दै मतदातानामावली दर्ता, मतदाता नामावली व्यवस्थापन, इभेन्ट ट्र्याकिङ सिस्टम, उम्मेदवारको खर्च व्यवस्थापन प्रणाली, अब्जर्भर व्यवस्थापन, उम्मेदवारको मनोनयनपत्र दर्तादेखि चुनावको परिणाम घोषणासम्मका काम भइरहेको बताउनु
भयो ।

तालिममा ७७ जिल्ला निर्वाचन कार्यालय र ७ प्रदेश निर्वाचन कार्यालयका कम्प्युटर अपरेटरहरूको सहभागिता रहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img