spot_img

एमालेले शनिवार सबै उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

spot_img

काठमाडौं, फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोली माघ तीन गते दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको छ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले शनिबार ३ गते नामावलीलाई अन्तिम रूप दिने तयारी गरेको हो।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै उम्मेद्वारको नाम सिफारिस गरिसकेका छन्। जसअनुसार अध्यक्ष केपी शर्मा ओली सहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ।

हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने भएको छ। शाहीका अनुसार दुर्गमा भेकमा रहेका उम्मेद्वारहरुलाई निर्वाचन क्षेत्र पुग्न र मनोनयनको तयारी गर्न पनि समय लाग्ने भएकोले एमालेले भोली सचिवालय बैठक बसेर उम्मेद्वारी टुंग्याउन लागेको हो । यस अघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेद्वार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img