काठमाडौं ,काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले भने, ‘३ गतेसम्म बहाल हुन्छ ।’
उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।