spot_img

लामिछाने,राई सहित सबै प्रतिवादीको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न महान्यायाधिवक्ता भण्डारीले दिइन् स्वीकृति

spot_img

काठमाडौं, महान्यायाधिवक्ता सविता भण्डारीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका रवि लामिछाने, जिबी राई लगायत सबै प्रतिवादीमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी अभियोग संशोधन गरी मुद्दा फिर्ता लिन स्विकृति दिएकी छन्।

महान्यायाधिवक्ता भण्डारीले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धान गर्न लगाएका सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता हुने गरी अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी थिइन्।

त्यही प्रकरणमा शुक्रबार उनले जिबी राई सहित अन्य सबै प्रतिवादीको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता हुने गरी संशोधन गर्ने निर्णय गरेको बताइन्।’सूर्यदर्शन सहकारी ठगीको आरोप लागेकाहरूलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा बढी भएकाले संशोधन गर्न स्वीकृति दिने निर्णय भएको हो,’ भण्डारीलेभनिन्।

हामीले उनलाई सोध्यौं, ’अनि जिबी राईको पनि संशोधन गरिएको हो?’

उनले भनिन्, ’हो।’

यति भनेर उनले ’अहिले म कार्यक्रममा छु, पछि कुरा गरौंला’ भनेर फोन राखिन्।

हामीले यस विषयमा महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता अच्युतमणि न्यौपानेसँग पनि कुरा गरेका थियौं।’रवि लामिछाने बाहेक अरू प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न स्वीकृति दिने निर्णय भएको रहेछ नि?’ हामीले प्रवक्ता न्यौपानेलाई सोध्यौं।उनले आफूलाई यस विषयमा केही पनि थाहा नभएको जबाफ दिए।

बुधबार लामिछानेको मुद्दा संशोधन गरेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता गर्ने स्वीकृति दिएपछि चौतर्फी आलोचना भइरहेको छ।शुक्रबार मात्र सर्वोच्च अदालतमा महान्यायाधिवक्ताको उक्त निर्णयविरूद्ध रिट पेस भएको छ। नेपाल बार एसोसिएसनले पनि उक्त निर्णय फिर्ता हुनुपर्ने बताएको छ।

त्यसका बावजुद पनि महान्यायाधिवक्ता भण्डारीले सहकारी ठगी मुद्दामा दुईवटा कसुर फिर्ता लिने निर्णय लिएकी हुन्।रवि लामिछानेसँग जोडिएको सहकारी ठगी मुद्दामा जिबी राई समेत जोडिएका छन्। अन्य सबैको मुद्दा फिर्ता लिँदा उनको पनि स्वाभाविक रूपमै फिर्ता हुने भएको हो। अहिले फरार रहेका राईविरूद्ध इन्टरपोलमा ’रेड कर्नर नोटिस’ समेत जारी छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img