spot_img

प्रचण्ड-माधव समूहले दार्चुलामा आज ‘जनयुद्ध’ दिवस मनाउदैं

spot_img

दार्चुला -विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै आज (शनिवार) जनयुद्ध दिवस मनाउने भएको छ। सोही अनुसार दार्चुलाको मार्मा गाउँपालिकाले जनयुद्ध दिवस मनाउने भएको हो।गाउँपालिकाले बृहत रुपमा जनयुद्ध दिवस मनाउन पत्रचार गरेको छ। शनिबार मार्मा गाउँपालिकाले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रममा नेकपा प्रचण्ड- नेपाल समूहका सुदूरपश्चिम सह इन्चार्ज खगराज भट्टको प्रमुख आतिथ्य रहने गाउँपालिकाले जनाएको छ। यस्तै कार्यक्रमको विशेष अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामी कार्यक्रमको लागि शुक्रबार नै मार्मा पुगेका छन्।

कार्यक्रमको लागि आवश्यक तयारी पूरा गरिएको गाउँपालिका अध्यक्ष जमनसिह धामीले जानकारी दिए। सांस्कृति कार्यक्रम सहित दिवसलाई भव्य मनाउन गाउँपालिकाले कार्यक्रम अवधिभर मदिरा विक्री वितरणमा रोक लगाएको छ।कार्यक्रममा गायक मनोजसिह धामीले प्रस्तुति दिने छन्।गाउँपालिकाले पहिलो पटक भव्य रुपमा दिवस मनाउन लागेको हो। नेकपा विभाजन भइरहेको अवस्थामा जिल्लामा प्रचण्ड नेपाल समूहले जिल्लाकै बृहत आमसभाको रुपमा जनयुद्ध दिवस मनाउन लागेको बताइएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img