spot_img

सञ्चारमन्त्री जगदीश खरेल पनि चुनाव लड्ने

spot_img

 काठमाडाैँ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवारका रूपमा मैदानमा उत्रिने घोषणा गरेका छन्।शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खरेलले आगामी चुनावमा प्रत्यक्ष रूपमा जनप्रतिनिधि बन्ने इच्छा रहेको बताएका हुन्।

‘अब हुने निर्वाचनमा कहीँ न कहीँबाट प्रतिनिधित्व गर्दै चुनाव लड्नेछु। संसदमा पुग्ने चाहना र तयारी दुवै छ,’ मन्त्री खरेलले भने।उनले संसदलाई कानुन निर्माणको केन्द्रका रूपमा उल्लेख गर्दै त्यहीँ पुगेर पत्रकारहरूको अधिकार, हित र संरक्षणका विषयमा प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।तर उनले निर्वाचन लड्ने क्षेत्र र पार्टीबारे भने हालसम्म खुलासा गरेका छैनन्।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका तय गरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img