spot_img

धमाधम उम्मेदवार छान्दै दलहरूःनेकपा र रास्वपाले उम्मेदवार टुंग्याउदैँ,चर्चित नेताहरू काे कहाँबाट चुनाव लड्दै छन् त ?

spot_img

नेकपाले एकल सिफारिस भएर आएका उम्मेदवारलाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले टिकट बाँडिसकेका छन् । दुई वा दुईभन्दा बढी नाम आएका क्षेत्रमा भने सम्बन्धित प्रदेशका इन्चार्ज र एकता प्रक्रियामा सामेल भएका जिल्ला संयोजक तथा सहसंयोजकसँग परामर्श गरेर टुंग्याइने नेता बेदुराम भुसालले बताए । ‘आइतबारसम्म परामर्श गरेर टिकट वितरण गर्ने काम टुंगिसक्छ,’ भुसालले नयाँ पत्रिकासँग भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार टुंग्याउन आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ । प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकका मुख्य एजेन्डा प्रतिनिधिसभा सदस्य निर्वाचन र विविध विषय रहेका छन् ।

रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने जनाएको छ । उम्मेदवार सिफारिसका लागि डा. स्वर्णिम वाग्लेको नेतृत्वमा समिति गठन गरिएको थियो । पार्टीका एक नेताका अनुसार यसअघि निर्वाचन जितेका नेताहरू सोही क्षेत्रबाट पुनः उम्मेदवार बन्ने तयारीमा छन् ।

मधेशकेन्द्रित दल आगामी निर्वाचनमा सम्भावित गठनबन्धनबारे छलफलमा छन्, तर सहमति जुटिसकेको छैन । जसपा नेपाल र लोसपा एकता भएर जसपा नेपाल बनेको छ । मधेशकेन्द्रित सबै दलसँग चुनावी गठबन्धनबारे छलफल जारी छ । ‘हामी छलफलमै छौँ । लोकतान्त्रिक मोर्चाका घटकसँग सिट टुंगो लागेको छैन । मोर्चामा एकताबद्ध भएर चुनाव लडौँ भन्ने सहमति छ । सिट बाँडफाँट गरेर जाँदा मोर्चाको राम्रो उपस्थिति हुने भएकाले हामी त्यसको तयारीमा छौँ,’ जसपा नेपालका सचिव शैलेन्द्र साहले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार साँझसम्म १६५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याउने गरी छलफल जारी राखेको छ । प्रवक्ता मोहन श्रेष्ठले केही दिनदेखि बसिरहेको संसदीय समितिको बैठकले ९० भन्दा बढी क्षेत्रको उम्मेदवार टुंगो लगाएर टिकटसमेत वितरण गरिसकेको जानकारी दिए । ‘उपत्यका र आसपासका जिल्लासहित आइतबार साँझसम्म समितिले सबै क्षेत्रको उम्मेदवार टुंगो लगाउँछ,’ उनले भने ।

शीर्ष नेता को कहाँबाट उठ्दै छन् ?
आगामी निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरूको उम्मेदवारी क्षेत्र लगभग टुंगो लागेको छ । तल्लो तहबाट सिफारिस भएका नामअनुसार नै शीर्ष नेताहरू उम्मेदवार बन्ने तयारीमा छन् ।

एमाले ः एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट निर्वाचन लड्ने तयारीमा छन् । उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही २, गोकर्ण विष्ट गुल्मी २ र पृथ्वीसुब्बा गुरुङ लमजुङबाट उम्मेदवार बन्ने भएका छन् ।

महासचिव शंकर पोखरेल दाङ २ बाट, उपमहासचिवहरू लेखराज भट्ट कैलाली ४, योगेश भट्टराई ताप्लेजुङ र रघुवीर महासेठ धनुषा १ बाट चुनाव लड्दै छन् । पूर्वउपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ र पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।

नेकपा ः नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचन लड्ने भएका छन् । सहसंयोजक माधवकुमार नेपाल रौतहट १ बाट उम्मेदवार बन्ने तयारीमा छन् । वरिष्ठ नेता झलनाथ खनालले भने चुनाव लड्ने वा नलड्ने निर्णय गरिसकेका छैनन् । उनको नाम बागलुङ २, सर्लाही १ र इलाम १ बाट सिफारिस भएको छ ।

वामदेव गौतम बर्दिया १, नारायणकाजी श्रेष्ठ सर्लाही ३, भीम रावल अछाम १, महिन्द्र राय यादव सर्लाही २ र वर्षमान पुन रोल्पाबाट निर्वाचन लड्ने तयारीमा छन् ।

हिमाल शर्मा काठमाडौं ६, सुमन सायमी काठमाडौं ८, अशेष घिमिरे झापा १, रञ्जित तामाङ झापा ५, त्रिलोचन भट्ट डोटी, नरेश भण्डारी जुम्ला, मनहरि शर्मा पर्वत, राजन दाहाल सिन्धुली २, लेखनाथ न्यौपाने गोरखा २ तथा दैलेखमा अम्मरबहादुर थापा र योगेन्द्र शाही उम्मेदवार बन्ने तयारीमा छन् । सर्लाहीबाट सुवास काफ्ले पनि चुनावी प्रतिस्पर्धामा रहने भएका छन् ।

चितवन ३ मा रेनु दाहाल, कञ्चनपुर १ मा विना मगर, २ मा लालबहादुर खड्का र ३ मा मानबहादुर सुनार उम्मेदवार बन्ने तयारीमा छन् । डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बैतडीबाट परमानन्द भट्ट र बाजुराबाट प्रकाश शाह पनि निर्वाचन लड्दै छन् ।

धादिङमा राजेन्द्र पाण्डे र गंगालाल तुलाधरले उम्मेदवारी दाबी गरेका छन् । उदयपुरमा जगन्नाथ खतिवडा र सुरेश राईमध्ये कसलाई टिकट दिने भन्ने विषयमा छलफल जारी छ ।

नेता डा. बेदुराम भुसालका अनुसार जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा सिफारिस भएका नाममध्ये एकल नाम सिफारिस भएकालाई टिकट दिइएको छ भने एकभन्दा बढी नाम भएका क्षेत्रमा प्रदेश इन्चार्जसँगको समन्वयमा निर्णय भइरहेको छ । जाजरकोटबाट शक्ति बस्नेत, रुकुम पश्चिमबाट गोपाल शर्मा, डोल्पाबाट धनबहादुर बुढा र सिराहा ४ बाट धर्मनाथ साह उम्मेदवार बन्ने तयारीमा छन् ।

उम्मेदवार टुंग्याउन रास्वपाको बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार टुंग्याउन आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ । प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकका मुख्य एजेन्डा प्रतिनिधिसभा सदस्य निर्वाचन र विविध विषय रहेका छन् ।

रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने जनाएको छ । उम्मेदवार सिफारिसका लागि डा. स्वर्णिम वाग्लेको नेतृत्वमा समिति गठन गरिएको थियो । पार्टीका एक नेताका अनुसार यसअघि निर्वाचन जितेका नेताहरू सोही क्षेत्रबाट पुनः उम्मेदवार बन्ने तयारीमा छन् । सभापति रवि लामिछाने चितवन २ बाट निर्वाचन लड्दै छन् ।

पार्टीले भावी सभापतिका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन शाह झापा ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । उपसभापति डिपी आर्याल काठमाडौं ९, स्वर्णिम वाग्ले तनहुँ १, महामन्त्री कवीन्द्र बुर्लाकोटी गोरखा २ र प्रवक्ता मनीष झा सिराहा ३ बाट निर्वाचन लड्ने तयारीमा छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img