काठमाडौं, काठमाडौंमा दरखास्त फाराम दर्ता गरेका अस्थायी निर्वाचन प्रहरी पदका उम्मेदवारहरूको शारीरिकतन्दुरुस्ती तथा बाधापार परीक्षा आजदेखि कीर्तिपुरस्थित लेबोरेटरी स्कुलमा सुरु भएको छ।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन भइरहेको छनोट प्रक्रियाअन्तर्गत उम्मेदवारहरूले पुसअप, सेटअप तथा दौडजस्ता शारीरिक परीक्षणहरू पूरा गर्नुपर्नेछ।
निर्धारित मापदण्डअनुसार महिलातर्फका उम्मेदवारहरूले पाँच पटक पुसअप र पाँच पटक सेटअप गर्नुपर्नेछ भने पुरुष उम्मेदवारहरूले १० पटक पुसअप र १० पटक सेटअप पूरा गर्नुपर्नेछ। साथै, सबै उम्मेदवारहरूले १६०० मिटर दूरीको दौड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
सुरक्षालाई सुदृढ बनाउन अस्थायी निर्वाचन प्रहरी छनोट प्रक्रिया विभिन्न चरणमा सञ्चालन गरिने सम्बन्धित निकायले जनाएको छ।