spot_img

कोइरालाको सचिवालयले भन्यो– थापासँगको सहकार्यमा कुनै सत्यता छैन

spot_img

काठमाडौं, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले नवनिर्वाचित सभापति गगन थापासँगको सहकार्यबारे खण्डन गरेको छ ।उनको सचिवालयले सभापति थापासँग मिलेर जाने समाचारमा कुनै सत्यता नभएको प्रष्ट्याएको छ ।

‘जहाँसम्म डा. शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आइरहेको छ त्यसमा सत्यता छैन,’ स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने ।उनले आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिका कसैले कुनै पनि माध्यमबाट नेता कोइरालासँग सम्पर्क र कुराकानी नगरेको पनि बताए ।

‘देशैभरबाट टिकट माग्न आउँने नेताहरुको भिड लागेको छ,’ उनले भने, ‘तर, कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img