spot_img

डोल्पामा एमालेका उम्मेदवार लंक रोकायले गरे मनोनयन दर्ताःसंवाेधन सभाबाटै सक्रिय नहुने नेता र कर्यकर्तालाइ काह्रवाही गर्ने चेतावनी,चुनाव जित्न कुनै कसर बाँकी नराख्ने दावी

spot_img

डाेल्पा 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट प्रत्यक्षतर्फका उम्मेदवार लंक बहादुर रोकायले मनोनयन दर्ता गराएका छन्।

जिल्लाको सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रोकायले मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्ता पश्चात् बाजागाजा सहित उम्मेदवार समर्थकहरूले दुनै बजार क्षेत्रमा र्यालीपछि भएकाे सभालाइ संवाेधन गर्दै चुनावमा एमाले डटेर लाग्ने बताए।

उनले चुनावी मैदानमा सक्रिय नहुने नेता र कर्यकर्तालाइ काह्रवाही गर्ने चेतावनी दिएका छन्। जिल्लाका केहि नेताहरू प्रति आशंका व्यक्त गर्दै पार्टीलाइ सहयाेग नगर्ने र पार्टीमा बसेर अरूकाे प्रचार गर्नेलाइ काह्रवाही गर्ने दावी गरे। उनले थपे “चुनाव जित्न कुनै कसर बाँकी राख्दैनाैँ,जिल्लाभर प्रचार हुनेछ। मुख्यजरी जिल्लाकाे पछिल्लाे १५-२० वर्षकाे राजनीतिमा ठुलाे मतदाता संख्या रहेकाे तल्लाे भेग नेतृत्वमा पुग्ने अवसर आएकाे छ। सबैले सहयाेग गर्ने अपेक्षा छ। पार्टीका कुनै पनि नेता कार्यकर्ताहरू आर्थीक चलखेलमा नलाग्न समेत चेतावनी दिन चाहन्छु।”

पहिले पनि २ पटक पार्टीले चुनाव जितेकाे अवगत गर्दै पार्टीकाे गुण लगाएका मान्छेहरू पार्टी छाेडेर गएकाे अवस्थामा यस पटक संगठन र लाेकप्रिताका हिसावले एमालेकाे जित हुने बताए।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img