spot_img

मुलुकलाई निरंकुशतातिर धकेल्न ओलीले संसद् भंग गरे ः रामचन्द्र पौडेल

spot_img

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशतातर्फ लैजानका लागि प्रतिनिधीसभा विघटन गरेको आरोप लगाएका छन् ।नेपाली कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागी हुनका लागि आमनागरिकलाई भिडियोमार्फत अपिल गर्दै पौडेलले सरकारका पछिल्ला काम–कारबाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने निहित उद्देश्यका साथ संसद् भंग भएको पुष्टी हुँदै गएको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरंकुशताको बाटोमा धकेल्नका लागि संसद् भंग गर्नु सामान्य विषय नभएको भन्दै मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशितालाई रक्षा गर्नका लागि आमलोकतन्त्रवादीहरूले सशक्त ढंगले प्रस्तुत हुनुपर्ने वेला आएको उल्लेख गरे ।पौडेलले भिडियो अपिलमा सम्पूर्ण लोकतन्त्रवादी नागरिकलाई नेपाली कांग्रेसले फागुन ३ गते आयोजना गरेको ७७ वटै जिल्लामा हुने विरोधसभामा सहभागी हुन आह्वान गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img