spot_img

१६५ मध्ये नेकपाले ‍दर्ता ग¥यो १६४ क्षेत्रमा उम्मेदवारी (सूची)

spot_img

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ।मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएकोमा नेकपाले देशभरिका १६५ मध्ये १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो।

नेकपामा संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले रूकुम पूर्वमा उम्मेदवारी दर्ता गरेका छन्।सहसंयोजक माधवकुमार नेपालले रौतहट–१ मा उम्मेदवारी दर्ता गरेका छन्। नेता झलनाथ खनाल र वामदेव गौतमले उम्मेदवारी दिएनन्।त्यस्तै भीम रावलले अछाम–१ मा उम्मेदवारी दिएका छन्।गोरखाका नेता नारायणकाजी श्रेष्ठले यसपालि सर्लाही–३ मा उम्मेदवारी दिए।

नेकपाले बागलुङमा भने राष्ट्रिय जनमोर्चासँग चुनावी सहकार्य गरेको छ। बागलुङको क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारीलाई नेकपाले सघाउने भएको छ। बागलुङ– १ मा नेकपाले पहिले कृष्ण केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

बागलुङ–२ मा नेकपाका ज्ञामनाथ गैह्रेलाई जनमोर्चाले सघाउने भएको छ। त्यहाँ जनमोर्चाले पहिले भीमलाल पोखरेललाई उम्मेदवार बनाएको थियो।चुनावी सहकार्यपछि बागलुङ–१ बाट नेकपा र २ बाट जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गरेनन्।

नेकपाका उम्मेदवारहरूकाे लिंक थिच्नुहाेस्

https://drive.google.com/file/d/1sg_U1zvkR7jeOMOy0xuKk3oZKHV7FoCB/view

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img