spot_img

सबै दल एक्ला एक्लै चुनावमा,ताेडियाे गठबन्धनःसुधारिएकाे कांग्रेसमा झन्डै दुई–तिहाइ उम्मेदवार नयाँ,एमालेले दर्ता ग¥यो १६५ क्षेत्रमै उम्मेदवार

spot_img

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको छ।कांग्रेसले यसपालि कसैसँग पनि गठबन्धन गरेन। पछिल्ला चुनावहरूमा कांग्रेसले गठबन्धन गर्दै आएको थियो। माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पनि कांग्रेसले एमाले र लोसपासँग तालमेल गरेको छ।

शेरबहादुर देउवा सभापति रहँदा नै राष्ट्रिय सभाका लागि एमाले र लोसपासँग तालमेलको निर्णय भएको थियो। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भने कांग्रेसले कसैसँग पनि गठबन्धन गरेन।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति आएको छ।विशेष महाधिवेशनले यसअघि महासमिति बैठकले गरेको निर्णयलाई निरन्तरता दिँदै कसैसँग पनि गठबन्धन नगर्ने र १६५ क्षेत्रमै उम्मेदवारी दिने निर्णय गरेको थियो।

प्रवक्ता देवराज चालिसेले १६५ जना उम्मेदवार चयन गरिएकोमा १०६ जना नयाँ उम्मेदवार तय गरिएको सेतोपाटीलाई जानकारी दिए। कुल उम्मेदवारमा नयाँको संख्या झन्डै दुई–तिहाइ हुन आउँछ। ‘१६५ उम्मेदवार खडा गरेका छौं, जसमा १०६ जना नयाँ उम्मेदवार हुनुहुन्छ, ११ जना महिला हुनुहुन्छ, यसअघि जम्मा ५ जना महिलाहरूले प्रत्यक्षतर्फ टिकट पाउनुभएको थियो,’ उनले भने, ‘युवाहरूलाई पनि प्राथमिकता राखेर टिकट दिएका छौं।’

युवातर्फ काठमाडौं ४ मा सचिन तिमल्सेना, इलाम १ मा निस्कल राई, रोल्पामा सुदनकुमार ओलीलाई कांग्रेसले उम्मेदवार बनाएको छ।‘समयको चापका बीच पनि हामीले यसपालि प्रत्यक्षतर्फको उम्मेदवार पनि समावेशी बनाएका छौं,’ उनले भने, ‘पार्टीका सबै पक्षलाई समेट्ने प्रयास भएको छ। कतिपय कमजोरी छन्, सच्याउँदै जानेछौं।’

आग्रह वा पूर्वाग्रह नराखी टिकट वितरण गरिएको उनले बताए। पार्टीको क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका नामहरूलाई नै प्राथमिकता दिएर संसदीय बोर्डबाट टिकट दिइएको उनको भनाइ छ।कांग्रेसले १३ पदाधिकारी रहेको संसदीय बोर्ड गठन गरेर टिकट वितरण गरेको थियो।

कतिपय क्षेत्रमा दुई जनाले उम्मेदवार लगेका थिए। त्यस्ता ठाउँमा पार्टीले आधिकारिक उम्मेदवार कुन हो भन्ने निर्वाचन अधिकृत कार्यालयलाई जानकारी गराउने पनि नेताहरूले जनाएका छन्।सुनसरी ३ मा विजयकुमार गच्छदार र बेदनारायण गच्छदारका नाममा टिकट गए पनि विजयकुमार गच्छदारले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै नवलपुर १ मा बालकृष्ण घिमिरेलाई कांग्रेसले टिकट दिएको छ। नवलपरासी २ मा भने देवेन्द्रराज कँडेलले टिकट पाएका छन्।

निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, निवर्तमान उपसभापति धनराज गुरूङ, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वगृहमन्त्री रमेश लेखक लगायत भने चुनाव उठेनन्।

कांग्रेसले गुटका आधारमा नभई चुनाव जित्न सक्ने नेताहरूलाई उम्मेदवार तय गरिएको बताएको छ। कांग्रेसमा यसपालि महाधिवेशन प्रतिनिधिहरूले पनि टिकट पाएका छन्।

रौतहट १ बाट अनिलकुमार झा उम्मेदवार भएका छन्। उनी सद्भावना पार्टी अध्यक्ष हुन्। पार्टीलाई नेपाली कांग्रेसमा समाहित गर्ने गरी झालाई उम्मेदवार बनाइएको नेताहरूले बताएका छन्।कांग्रेसमा झन्डै दुई तिहाइ नयाँ उम्मेदवार चयन भएका छन्।

एमालेले दर्ता ग¥यो १६५ क्षेत्रमै उम्मेदवार

नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ। केन्द्रीय प्रचार विभागका प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले यसपटक कसैसँग चुनावी तालमेल गरेको छैन।

‘नेकपा (एमाले) ले देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको जानकारी गराउन चाहन्छौं। अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले पार्टीका नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा ¥यालीसहित निर्वाचन कार्यालय पुगेर आ–आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको छ। अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. ५ बाट दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गराउनुभएको हो,’ उनले भनेका छन्।

यसपालि एमालेले अगाडि सारेको सिंगो उम्मेद्वार संख्या मध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेको उनको दाबी छ। मधेस र सुदूरपश्चिममा ५०÷५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत उम्मेद्वार नयाँ रहेको उनले बताए। सबैभन्दा धेरै नयाँ उम्मेद्वार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत रहेको उनको भनाइ छ। बागमती र गण्डकीमा यो संख्या क्रमशः ६०.६० प्रतिशत र ६१.११ प्रतिशत रहेको पनि उनले बताए।

‘नेकपा (एमाले) ले यस निर्वाचनलाई हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा लिनुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरूद्धको जनमत संग्रहका रुपमा लिएको हुँदा आजको दिनलाई विशेष दिनका रूपमा लिएको छ,’ उनले भने।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img