spot_img

सिन्धुली-डाेल्पा,कालिकाेट देखि देशैभरका ठाउँ ठाउँमा नेकपामा बागी उम्मेदवारले तरंग

spot_img

नेपाली कम्युनिस्ट पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध देशभर ५ जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । नेकपाले उठाएको आधिकारिक उम्मेदवार विरुद्ध बागमती प्रदेशको सिन्धुली–२, कोशी प्रदेशको उदयपुर–२, लुम्बिनी प्रदेशको दाङ–१,डाेल्पा–१ र कर्णाली प्रदेशको कालिकोट–१ मा बागी उम्मेदवारी दर्ता भएका छन् ।

सिन्धुली–२ मा पार्टीले उठाएका उम्मेदवार लेखनाथ दाहालविरुद्ध केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् । बागी उम्मेदवारको पक्षमा साबिक माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेशका पूर्वइन्चार्ज नै उभिएपछि तरङ्ग उत्पन्न भएको छ । २०७९ सालमा सोही क्षेत्रबाट उम्मेदवार बन्न चाहेका गजुरेल अन्तमा टिकट नपाएपछि असन्तुष्ट भएका थिए । योपटक पनि लेखनाथ नै दोहोरिएपछि गजुरेलले महेश्वरलाई समर्थन गरेका छन् ।

दाङ–१ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरीविरुद्ध पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले बागी उम्मेदवारी दर्ता गरेपछि विवाद उत्पन्न भएको छ । यहाँ अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका उम्मेरबार रहेका चौधरीले नै जितेका थिए । योपटक माओवादी र एकीकृत समाजवादी मिलेर नेकपा बनेपछि पार्टीले चौधरीलाई उम्मेदवार बनाएको हो । तर पार्टीको निर्णयप्रति चरम असन्तुष्टि जनाएका केसीले पार्टी नै छोडेको घोषणा गरे । साबिक एकीकृत समाजवादीका उपमहासचिव चौधरीलाई टिकट दिने कि केसीलाई दिने भन्ने विषयमा निकै रस्साकस्सी भएको थियो । नेता सुदर्शन बरालले उम्मेदवारी फिर्ता लिने बेलासम्म उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।

यता माओवादी युद्धको आधार क्षेत्र कर्णाली प्रदेशको कालीकोट–१ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध जीवन बुढाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा पूर्वमुख्यमन्त्री महिन्द्र बहादुर शाहीले उम्मेदवारी दिएका छन् । शाही २०७०, २०७४ र २०७९ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । पार्टीले टिकट नदिएपछि बुढाले बागी उम्मेदवारी दिएका हुन् । साबिक माओवादीका कर्णाली प्रदेशका इन्चार्ज कालिबहादुर मल्लले बुढाले उम्मेदवारी फिर्ता लिने विश्वास लिए ।

यस्तै कर्णालीकै नेकपा बलियाे रहेकाे डाेल्पामा पनि बागी उम्मेदवारी परेकाे छ। नेकपा भित्रकाे पूर्व माओवादी खेमाबाट विद्राेह गरेर ओमेन्द्र केसीले बागि उम्मेदवारी दिएका हुन्। केरी जिल्लामा लामाे समय कानुनी पेसामा रहेकाेले प्रभावशालि व्यक्ति मानिन्छन्। उनकाे उम्मेदवारीले पार्टी एकताकाे असन्तुष्ट पक्षले उठाएकाे देखि उनलाइ मत दिने देखिन्छ। नेकपाबाट उठेका धनवहादुर बुढालाइ उनकाे उम्मेदवारी टाउकाे दुखाइकाे विषय बन्ने देखिन्छ।

यता उदयपुर–२ मा पनि नेकपाको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी परेको नेता हर्क बहादुर नेम्वाङले जानकारी दिए । नेकपाबाट यो क्षेत्रमा सुरेश कुमार राई उम्मेदवार रहेका छन् । उनका विरुद्ध मेजर राईले बागी उम्मेदवारी दिएको नेम्वाङले जानकारी दिए । योपटक मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कुनै बागी उम्मेदवार नभएको नेताहरूले बताएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img