प्रतिनिधिसभा निर्वाचन २१ फागुन लागि देशैभर चुनावी सरगमि बढेकाे छ। विभिन्न राजनीतिक दलहरू उम्मेदवारी दर्ता गरेर प्रचारकाे मैदानमा हाेमिएका छन्। यस्तै हिमाली जिल्ला डोल्पामा चुनावी सरगमि बढेकाे छ। १ सिटका लागि मनोनयन दर्ता गराएका ८ राजनीतिक दल र १ स्वतन्त्र गरि ९ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ।
नेकपा एमालेबाट लंकबहादुर रोकाय,नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर बुढा, नेपाली काग्रेसबाट कर्णबहादुर बुढा,उज्यालो नेपाल पार्टीबाट दिलबहादुर विष्टले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा,रास्वपाबाट देवसिंह ऐडी, राप्रपाबाट हरिप्रसाद डाँगी र स्वतन्त्रबाट ओमेन्द्रबहादुर केसी र मितेरी नेपाल पार्टीबाट जुनु भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन्।
उज्यालो नेपाल पार्टीबाट दिलबहादुर विष्ट र मितेरी नेपाल पार्टीबाट जुनु भण्डारीले कांग्रेसलाइ समर्थन गरेका छन्। यस्तै प्रगतिशिललोकतान्त्रिक पार्टीले एमालेलाइ सहयाेग गर्ने केन्द्रीय निर्देशन छ।
कसकाे सम्भावना के छ ?
नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर बुढालाइ जिल्लाकै बलियाे उम्मेदवारकाे हिसावमा हेरिएकाे छ। उनीले राप्रपा हुँदै राजनीति शुरू गरेका थिए।एमाले हुँदै एकिकृत समाजवादीबाट हाल नेकपा पुगेका बुढा ३ पटक चुनाव जितिसकेका पात्र हुन्। सबै पार्टीमा उनकाे पकड भएकाे भाष्यले पनि उनी बलियाे उम्मेदवारका रूपमा हेरिएकाे छ। तत्कालिन माओवादी केन्द्र र एकिकृत समाजवादी एकता भएछि नेकपा जिल्लामा बलियाे पार्टी भएकाे र यहि पार्टीका उम्मेदवार बलियाे दावेदारका रूपमा हेरिएकाे छ।
तर इतिहास हेर्दा उनी पार्टी परिवर्तन गर्दै हिड्ने अवसरवादी अस्थिर राजनीतिक पात्रका रूपमा चिनिन्छन्। हरेक चुनावमा उनकाे मत घट्दै गएकाे छ। उनकाे प्रभाव रहेकाे उपल्लाे डाेल्पा क्षेत्रमा पनि प्रभाव घट्नाले राजनीति पहिले जस्ताे छैन। उनले ३ पटक अर्थात १५ वर्ष जिल्लाकाे नेतृत्व गरेर संसदमा जिल्लाकाे बुलन्द आवाज उठाउन नसक्नु,जिल्लाकाे विकास गर्न नसक्नु र आफ्नै गाउँमा बाटाे पुर्याउन नसक्नाले उनीमाथि चुनावी नारा र मुद्दाहरू पनि कमजाेर बन्दै गएका छन्। उनी पेशाले निर्माण व्यवसायी भएकाले चुनावमा कराेडाैँ कराेड पैसा खर्च गर्ने दाउले पनि उनकाे आलाेचना जिल्लामा ब्यापक हुँदै गएकाे छ। पूर्व माओवादी भित्रकाे असन्तुष्टि र बागी उम्मेदवारले उनलाइ थप कमजाेर बनाएकाे छ।
नेकपा भित्रकाे पूर्व माओवादी खेमाबाट विद्राेह गरेर ओमेन्द्र केसीले बागि उम्मेदवारी दिएका छन्। जिल्लामा लामाे समय कानुनी पेसामा रहेकाेले प्रभावशालि व्यक्ति मानिन्छन्। उनकाे उम्मेदवारीले पार्टी एकताकाे असन्तुष्ट पक्षले उठाएकाे देखि उनलाइ मत दिने देखिन्छ। नेकपाबाट उठेका धनवहादुर बुढालाइ उनकाे उम्मेदवारी टाउकाे दुखाइकाे विषय बन्ने देखिन्छ। माओवादी फुटेर जनार्दन नेतृत्वकाे प्रलाेपाबाट पनि उम्मेदवारी उठेकाेले पूर्व माओवादीकाे मत धेरै काटिने देखिन्छ। कांग्रेसबाट पनि सहाेदर दाइ कर्ण बुढा उठेकाेले माथिकाे भेगिए मत काटिने अवस्था भए र माओवादीकाे असन्तुष्ट यस्तै कारणहरूले अहिले चुनाव जित्नु फलामका चिउरा चपाउनु सरह हुनेछ। उनकाे सम्भावना बलियाे भएपनि पनि हार्ने संम्भावना याे पटक उच्च छ।
यस्तै जिल्लामा बलियाे संगठन भएकाे नेकपा एमालेबाट लंकबहादुर रोकायले चुनाव जित्ने बलियाे संभावना भएकाे उम्मेदवारका रूपमा हेरिएकाे छ। युवा पार्टी जिल्ला अध्यक्ष भएकाेले तल्लाे डाेल्पाबाट २ दशक लामाे समयसम्म नेतृत्वविहिन हुनाले भेगिए समर्थन र पार्टीलाइ एक ढिक्का बनाए उनकाे जित पक्का जस्तैकाे सम्भावना छ। तल्लाे डाेल्पा भेगबाट पहिलेकाे चुनावमा २ हजार भन्दा बढी भाेट एमालेकै उम्मेदवारलाइ आएकाेले अहिले चुनावमा वृद्दी भएमा उनलाइ ठुलाे फाइदा पुग्नेछ। कांग्रेस र नेकपाकाे पनि पूर्व माओवादी खेमाकाे असन्तुष्टिले पनि उनलाइ थप फाइदा पुग्नेछ।
तर पार्टी भित्रकै अन्तरर्घात उनकाे सबैभन्दा ठुलाे टाउकाे दुखाइकाे विषय बनेकाे छ। एमाले भित्र रहेका धेरै नेता कार्यकर्ताले पहिले चुनावमा अर्कै पार्टीकाे उम्मेदवारलाइ खुल्लम खुल्ला चुनाव प्रचारमा लाग्ने र भाेट पनि हालेकाे इतिहासले उनलाइ पार्टीभित्रकाे अन्तरर्घात शुन्यमा छार्नुपर्ने चुनाैँती छ। यस्तै काइके सहित उपल्लाे डाेल्पामा उनकाे प्रचार अभियान कस्ताे हुन्छ भेगिए राजनीतिलाइ कति महत्वका दिएर मैदानमा उत्रन्छन् त्याे चै सबैकाे चासाेकाे विषय बनेकाे छ। जेन जीका मुद्दालाइ स्वीकारेर हिजाेका विराेधीलाइ पनि हातमा लिएर पार्टी एकढिक्का बनाउन सके उनकाे जित शुनिश्चित जस्तै हुनेछ।
अर्का बलिया उम्मेदवार हुन् नेपाली काग्रेसबाट उठेका कर्णबहादुर बुढा। उनी नेकपाका उम्मेदवार धन बहादुर बुढाका सहाेदर दाजु भएकाेले धेरैले आशंका गरेका छन् तर सबै कुरालाइ गलत सावित गर्दै चुनावी मैदानमा उत्रिन सके उनी पनि कडा टक्कर दिने उम्मेदवार हुन्। कांग्रेसकाे संगठन जिल्लाकाे ठुलीभेरी र त्रिपुरासुन्दरीमा राम्राे भएनि अन्यतिर नहुँदा जितिहाल्ने यसै भन्न सकिन्न तर उपल्लाे भेगकाे काइके देखि उपल्लाे डाेल्पाबाट मत ल्याउन सके उनलाइ जितमा ठुलाे सहयाेग पुग्नेछ। अन्य पार्टीका उम्मेदवारलाइ कडा टक्कर दिने देखिन्छ। जित्नका लागि ठुलाे संघर्ष गर्नुपर्ने देखिन्छ।
यस्तै जिल्लामै पहिलाे पटक चुनावी मैदानमा रास्वपाबाट देवसिंह ऐडी मैदानमा उत्रेका छन्।उनले जेन जी आन्दाेलन र पछिल्लाे उदाउँदाे बैकल्पिक राजनीतिका रूपमा हेरिएकाे रास्वपाकाे जिल्लामा युवापुस्तामा लाेकप्रयता भएकाेले उनले राम्राे मत ल्याउने देखिन्छ।
स्वतन्त्रबाट ओमेन्द्रबहादुर केसी चुनावी मैदानमा छन्। नेकपा भित्रकाे पूर्व माओवादीकाे असन्तुष्ट खेमाकाे सहयाेगबाट विद्राेह गरेर ओमेन्द्र केसीले बागि उम्मेदवारी दिएका छन्। जिल्लामा लामाे समय कानुनी पेसामा रहेकाेले प्रभावशालि व्यक्ति मानिन्छन्। उनकाे उम्मेदवारीले पार्टी एकताकाे असन्तुष्ट पक्षले उठाएकाे देखि उनलाइ मत दिने देखिन्छ। उनले पनि राम्रै मत ल्याउने देखिन्छ।
राप्रपाबाट हरिप्रसाद डाँगी युवा नेता चुनावी मैदानमा छन् पार्टी संगठन थाेरै भएपनि उनले कति मत ल्याउँछन् भन्ने हेर्न बाँकी छ।
बाँकी नतिजाकाे लागि चुनावी रिजल्टसम्म कुर्नै पर्ने हुन्छ।