spot_img

निर्वाचन अधिकृत कार्यालय पुगेर चौधरीले दिए स्पष्टीकरण

spot_img

काठमाडौं, कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले निर्वाचन अधिकृत कार्यालय पुगेर स्पष्टीकरण दिएका छन्।माघ ६ गते उम्मेदवारी दर्ता गरेका रेशमविरूद्ध माघ ७ गते उजुरी परेको थियो।आफूविरूद्ध उजुरी परेपछि उनले आज निर्वाचन अधिकृत कार्यालय पुगेर स्पष्टीकरण दिएका थिए।

रेशमको उम्मेदवारी निरन्तर रहने वा खारेज हुने भन्नेबारे आजै निर्णय आउने निर्वाचन अधिकृत कार्यालय स्रोतले जानकारी दिएको छ।टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए।तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन्।

२०७९ को चुनावमा पनि रेशम बर्दीया क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए। त्यसबेला उनको उम्मेदवारी खारेज भएको थियो भने उनी त्यसबेला जेलमा थिए।त्यसपछि उनका बुवा लालवीर चौधरी बर्दीया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार भएका थिए। पछि उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए। लालवीर अहिले नाउपा नेपालमा छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img