काठमाडाैँ, मालपोत कार्यालय बाँकेका तत्कालीन कर्मचारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरि भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले मालपोत अधिकृतहरू ऋषिराम केसी र अशोककुमार भट्टराई, नायब सुब्बा ताराप्रसाद खनाल, नाय सुब्बा कर्णबहादुर पुन, साविक बेतहनी गाविसका सचिव मानबहादुर बोगटी, डुडुवा गाउँपालिका–२ बस्ने लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मीलाई प्रतिवादी बनाएको छ ।
उनीहरूले बाँकेको साविक बेतहनी गाविस–४ (क) मा रहेको कित्ता नम्बर २, ११ लगायतका जग्गा मिलेमतोमा गैरकानूनी ढङ्गले व्यक्तिका नाममा सारेको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले केसी, खनाल र बोगटीसँग जनही २२ लाख ४२ हजार ७ सय २० रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै भट्टराई र पुनसँग जनही २० लाख ८७ हजार २ सय ५९ रुपैयाँ बिगो मागदाबी भएको छ । यस्तै कैरातीसँग २४ लाख ६७ हजार ७ सय २० रुपैयाँ र कुर्मीसँग १८ लाख ६२ हजार २ सय ५९ रुपैयाँ बिगो मागदाबी गरेको छ