spot_img

अदालतको फैसला ओलीले गरेको विश्वासघातलाई समर्थन गर्ने आउँछ कि भनेर अविश्वास गर्नुपर्ने अवस्था छः पौडेल

spot_img

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा ठूलो विश्वासको संकट रहेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणका बेला गरेको सम्झौतामा विश्वासघात गरी प्रतिनिधिसभा विघटन गरेको र त्यसैलाई समर्थन गर्ने फैसला सर्वोच्च अदालतबाट आउँछ कि भन्ने लागेको पनि बताएका छन् ।जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुस्तक ’गुमनाम आमाहरूको कथा’ विमोचन कार्यक्रममा शनिबार पौडेलले उक्त कुरा बताएका हुन् ।

प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको उल्लेख गर्दै पौडेलले भने, ’राष्ट्रिय विश्वासको संकट भइरहेका बेला कहिँ अदालतले पनि अर्कै फैसला गर्ने हो कि भनेर सोच्नुपर्ने भएको छ । जहाँ कि कहिँ ठाउँ नै छैन । कुनै पनि ठाउँ छैन, एक अक्षर पनि छैन, एउटा धारा पनि छैन । तैपनि फैसला केपी ओलीले गरेको विश्वासघातलाई समर्थन गर्ने आउँछ कि भनेर अविश्वास गर्नुपर्ने भन्दाखेरि यो राष्ट्रिय आत्मविश्वासको संकट आज देशमा छ ।’

जनताको मनमा अविश्वासको कुरा खेलिरहेको पौडेलको भनाइ थियो । उनले यो अविश्वासलाई हटाएर गरिबी, बेरोजगारी, अशिक्षाको अन्त्य गरेर राजनीतिक स्थायित्व प्रदान गर्दै जनताको संकल्प पूरा गर्न दलहरू अगाडि बढ्नुपर्ने बताए ।प्रधानमन्त्री केपी ओलीले लामो समय लगाएर ल्याएको संविधानमाथि विश्वासघात गरेको पौडेलको भनाइ थियो । ’लामो संघर्ष गरेर संविधान जनताकै प्रतिनिधिले बनाउनुपर्छ भनेर त्यत्रो आन्दोलन गरेर त्यो ठाउँमा ल्याइपुयायौं । विपीको पालनामा हुन नसकेको कुरा हाम्रो पालामा भयो, संविधानसभाले नै सैंविधान लेख्ने,’ उनले भने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img